‘ऐतिहासिक सम्पदाको पुनःनिर्माण काठमाडौँ महानगरको दायित्व हो’

काठमाडौँ : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले भूकम्पका कारण क्षति भएका ऐतिहासिक सम्पदाको पुनःनिर्माण कार्य काठमाडौँ महानगरपालिकाको मुख्य दायित्वको रूपमा रहेको बताएका छन् ।
२७ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले सम्पदा नै काठमाडौँको गहना रहेको भन्दै यसको पुनःनिर्माण र संरक्षण गर्नुपर्ने बताएका हुन् । मन्त्री श्रेष्ठले हरेक वर्ष ठूलो समस्याको रूपमा रहेको काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्यको शीघ्र समाधान गर्न पनि कामपाले अग्रसरता लिनुपर्नेमा जोड दिए ।
उनले कर्मचारी र जनप्रतिनिधिलाई अन्य स्थानीय तहलाई पनि सिकाइ हुने गरी उदाहरणीय काम गर्न आग्रह गरे । मन्त्री श्रेष्ठले भने, “अग्रपङ्क्तिमा काम गर्नेलाई बुस्टर डोज र यसअघि एक पटक पनि कोरोनाविरुद्धको खोप नलगाएका नागरिकलाई आगामी चैत महिनासम्मा सरकारले खोप लगाउने तयारी गरेको छ ।”
कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले मेघा हल निर्माण, मोनो रेल सञ्चालन र तीनकुनेको बुद्धपार्क निर्माणका लागि केन्द्र सरकारको पनि सहयोग आवश्यकता पर्ने हुँदा काम अघि बढ्न नसकेको जानकारी दिए । उनले भने, “कामपाले गोर्खा भूकम्पका कारण क्षति भएका ऐतिहासिक सम्पदाको पुनःनिर्माणमा ठूलो फड्को मारेको छ ।” हाल विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका २७ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको पनि बताइएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये २१ वटाको पुनःनिर्माण भइरहेका छन् ।
कार्यक्रममा विभिन्न सञ्चारमाध्ययममा कार्यरत १० जना पत्रकारलाई जनही रु ५० हजारका दरले सुशासन पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो भने अन्य विभिन्न विधाका करिब २०० लाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो । रासस

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्ध…

‘नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्छ’

जनआकांक्षा पूरा गर्न सरकारले काम गरिरहेको छः मन्त्री भण्डारी

प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

राजदूत रूपाखेतीलाई युक्रेन, बुल्गेरिया र चेक गणतन्त्रको जिम्मेवारी

प्रवक्ताहरूको काम, कर्तव्य र अधिकारसम्बन्धी निर्देशिकाबारे छलफल

सञ्चारमन्त्रीसँग युएइको सेक्युरिटी प्रिन्टिङ प्रेस टिमको छलफल

प्रतिक्रिया