शनिबार ०६ बैशाख, २०८२
Saturday, April 19, 2025

‘केपी वंश र केपी प्रवृतिको नाश भइ छाड्‍नेछ’

काठमाडौँ : रााजधानीमा आयोजित सरकारविरुध्दको सभालाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली प्रवृतिको नाश भइ छाड्ने दाबी गरेका छन् । नेकपाको पुष्पकमल दाहाल–माधव नेपाल समूहको सभालाई सम्बोधन गर्दै मंगलबार नेपालले यस्तो बताएका हुन् ।

‘२०६२/६३ सालमा राजतन्त्र निरंकुश बनेपछि राजतन्त्र फाल्नका लागि हामीले सडकबाट आन्दोलनको सृष्टि गर्नु परेको थियो, अहिले त्यही सुनामीको संकेत देखिँदैछ’, उनले भने,‘विडम्बना अहिले ज्ञानेन्द्र राजको होइन, अब केपी वंश र केपी प्रवृतिको नाश भइ छाड्नेछ।’

प्रधानमन्त्री ओलीले अलोकतान्त्रिक कदम चालेका कारण नेपालले आफूहरू सडकमा उत्रिएको प्रष्ट पारे । ‘आज पनि म यो विशाल सभालाई सम्बोधन गर्दै भन्छु निरंकुश शैली अपनाएकाले केपी ओलीको पनि नेतृत्व गर्ने आयु अब सकियो ।’