कांग्रेस महाधिवेशन : उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तरर्गत उपसभापति पदका लागि भएको मतदानपछिको मत गणनामा पूर्णबहादुर खड्का र धनराज गुरुङ उपसभापतिमा विजयी भएका छन् ।
दुई उपसभापतिका लागि ७ जना चुनावी मैदानमा थिए । पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको मतगणनाको अन्तिम परिणाम अनुसार उपसभापति पदमा शेरबहादुर देउवा प्यानलका खड्का र शेखर काेइराला प्यानलका गुरुङ विजयी भएका हुन्। यसअघि खड्का महामन्त्री थिए भने गुरूङ केन्द्रीय सदस्य । देउवा प्यानलका गच्छदार तेस्राे भए भने शेखर प्यानलकै चन्द्र भण्डारी चाैँथाे भए । गत सोमबार भएको मतदानमा ४६७९ मत खसेको थियो ।
निर्वाचन समितिकाअनुसार खड्काले २१२१ भाेट ल्याए, गुरूङले १९०८ र गच्छदारले १९०६ भाेट ल्याए । गुरूङले गच्छदारलाइ २ भाेटले मात्र हराएका हुन् । त्यस्तै चन्द्र भण्डारीले १५८० भाेट ल्याउँदा सुजता काेइरालाले ६४४, महेश अाचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत ल्याए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया