बिहीबार १९ असार, २०८२
Thursday, July 03, 2025

२ मतले पराजित भएपछि पुनः मतगणनाको निवेदन लिएर गच्छदार सानेपातिर

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तरर्गत उपसभापति पदमा २ मतले पराजित भएपछि विजयकुमार गच्छदार पुनःगणनाको माग लिएर पार्टी केन्द्रीय कार्यालय सानेपातर्फ लागेका छन् । 

गच्छदार शेखर कोइराला प्यानलका धनराज गुरुङसँग जम्मा २ मतान्तरले पराजित भएपछि पुनः मतगणनाको निवेदन लिएर उनी सानेपा जानलाई निवासबाट निस्किएका हुन् ।  गच्छदार आउने सूचना पाएपछि मतपरिणाम सार्वजनिक गरिएको छैन । गुरूङकाे १९०८ र गच्छदारकाे १९०६ भाेट अाएकाे बताइएकाे छ । 

'मतपरिणाममा चित्त बुझेन । एकाएक कसरी मत घट्याे थाहा भएन । त्यसैले म पुन:मत गणानाकाे मागसहित पार्टी कार्यालय जाँदैछु' गच्छदारले इकागजसँग भने ।

 निर्वाचन समितिकाअनुसार खड्काले २१२१ भाेट ल्याए, गुरूङले १९०८ र गच्छदारले १९०६ भाेट ल्याए । गुरूङले गच्छदारलाइ २ भाेटले मात्र हराएका हुन् । त्यस्तै चन्द्र भण्डारीले १५८०  भाेट ल्याउँदा सुजता काेइरालाले ६४४, महेश अाचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत ल्याए ।