किर्ते धितोमा ऋण दिने राष्ट्रिय बाणिज्य बैंकका म्यानेजर अख्तियारको फन्दामा
८ जनाविरुध्द ९ करोड ५० लाखको मुद्दा

काठमाडौं : राष्ट्रिय बाणिज्य बैंकको एक शाखा प्रबन्धकसहित आठ जनाले किर्ते धितो बनाई ऋण लेनदेन गरेको पाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका त्रिभुवनचोकस्थित शाखा कार्यालयमा किर्ते धितो बनाइ ऋण उनीहरुविरुध्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।
किर्ते कागजहरुको आधारमा किर्ते धितो मूल्याङ्कन गरी उक्त कागजातहरु राष्ट्रिय बाणिज्य बैक त्रिभुवनचोक शाखामा पेश गरी कर्जा लिएको अख्तियारको अनुसन्धानले देखाएको छ । गैरकानूनी लाभ वा हानी पुर्याउने, सरकारी कागज किर्ते गर्ने, गलत लिखत र प्रतिवेदन तयार गरी सरकारी सम्पत्तिको हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारले उल्लेख गरेको छ ।
किर्ते धितोमा ऋण लेनदेनमा राष्ट्रिय वाणिज्य बैंक, शाखा कार्यालय, त्रिभुवनचौक नेपालगञ्जका तत्कालीन प्रबन्धक ललित बहादुर शाही, सहायक (नगद) कल बहादुर ओली क्षेत्री, तत्कालीन उपप्रमुख होताराम योगी, सहायक (नगद) प्रिन्सी गुप्ता, सूचीकृत धितो मुल्यांकनकर्ता कर्ण बहादुर के.के., रिजवान अहमद जसगढ, सकिना जसगढ र फहमिदा बानो जसगढ संलग्न छन् । सातजनालाई प्रतिव्यक्ति १ करोड २५ लाख रुपैयाँ र सकिना जसगढलाई ७५ लाख रुपैयाँ मागदाबी सहित काठमाडौं विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

एक करोड बढी राजस्व छलीको आरोपमा मुद्दा दायर

आफताब आलमले पाए सफाइ

तीनकुनै प्रकरण : १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिव…

बाँके मालपोतका खरिदारसहित तीन जना घुससहित पक्राउ

रबि र छबिको बहस सकियो, अब केही बेरमा आदेश आउँदै

राप्रपा युवा संगठनका अध्यक्ष केसी रिहा

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

प्रतिक्रिया