माफी माग्दै दाहालले भने, ओलीलाई चिन्न सकिएन

काठमाडौं : नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले आफूले केपी शर्मा ओलीलाई चिन्न नसकेको भन्दै माफी मागेका छन् । मंगलबार भृकुटीमण्डपमा भएको विरोध सभालाई सम्बोधन गर्दै ओली सच्चिए भन्ने लागेर एकता गरेको भए पनि उनी नबदलिएको भन्दै माफी मागेका हुन् ।
‘म क्षमायाचना गर्न चाहन्छु,’ उनले भने, ‘मैले नै एकता गरौं भनेर ओलीसँग प्रस्ताव गरेको हो । मलाई थाहा थियो ओली गणतन्त्रविरोधि हो, संघीयता र धर्म निरपेक्षता विरोधि हो । बयलगाडावाला सिद्दान्त पनि मलाई थाहा थियो । अब सच्चिनु भयो भन्ने लाग्यो तर, होइन रहेछ । जनताको आँधीहुरी आएपछि उहाँले मानिदिएँ भन्नुहुन्थ्यो तर समयले उहाँ बयलगाडा सिद्धान्तमा नै हुनुहुन्छ भन्ने देखियो । हामीले उहाँ सच्चिए भनिठान्यौं । अहिले हामीलाई अप्ठ्यारो लागिरहेको छ । केपी ओलीलाई बुझ्न नसकेकोमा क्षमायाचना गर्न चाहन्छु ।'
दाहालले ओली विचारमा पनि स्खलित भइसकेको आरोप दाहालले लगाए । ‘उहा लोकतन्त्रवादी होइन, निरङ्कुश तानाशाह हो’ उनले भने ।
वाम गठबन्धनलाई जनताले झण्डै दुई तिहाइ मत दिएका भए पनि तीन वर्ष पुग्दा नपुग्दै यो दिन आइपुग्ला भन्ने नसोचिएको उनले सुनाए । ओलीले संविधानविरुद्धको काम गरेर आफूलाई कलंकको टीका लगाएकाे दाहालको भनाइ छ । जबसम्म उनले पश्चाताप गर्दैनन्,म अपराधी हुँ भन्ने छैनन् तबसम्म उनलाई इतिहासले माफ गर्ने छैन,' उनले भने ।
दाहालले सर्बोच्च अदालतले प्रतिनिधिसभाा पुनःस्थापना गर्ने विश्वास व्यक्त गरे । आफ्नो सभा अदालतलाई फैसलाको लागि सहजीकरणका लागि आयोजना गरिएको बताए । उनले भने, संविधानको अक्षर र भावनालाई सर्बोच्च अदालतले सम्मान गर्नेछ, म सोच्न पनि सक्दिनँ सम्मानित अदालतले संविधानको मर्म र भावना बुझ्दैन भनेर । यो अदालतलाई फैसलाका लागि सहज होस भनेर सहजीकरण पनि हो । नत्र यो अन्दोलन ट्रेलरमात्र हो, ठूलो आँधी आउन बाँकी छ ।'

अग्रज र सहिदका सङ्कल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छः प्रधानमन्त्री ओली

बालबालिकालाई संस्कारसहितको शिक्षा दिनुपर्छ : मुख्यमन्त्री कँडेल

देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्छ : महासचिव पोखरेल

राजनीतिप्रति युवाहरूको वितृष्णा बढ्यो, आकर्षणमा बदल्नु मुख्य चुनौती : शेखर को…

‘मूलधारका मिडियालाई न्यू मिडियाले चुनौती खडा गरेको छ’

पार्टी फुटाउने नेतालाई अहिले पश्चाताप भइरहेको छ : महासचिव पोखरेल

आगामी निर्वाचन कांग्रेसको बहुमत आउन सक्छः सभापति देउवा

प्रतिक्रिया