सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

हामी छोड्‍नेवाला छैनौं, तपाईँहरूले के-के सक्‍ने हो गरे हुन्छ : दाहाल

काठमाडौं : नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले भोलिदेखि कडा खालको आन्दोलन गर्ने घोषणा गरेका छन् । मंगलबार भृकुटीमण्डपमा भएको विरोध सभालाई सम्बोधन गर्दै आफूहरू एक पटक फेरि निर्मम संघर्ष गर्न तयार रहेको बताए । 

‘भोलि नै योभन्दा कडा आन्दोलनको कार्यक्रम तय गर्दैछौं,’ इतर समूहप्रति इङ्गित गर्दै उनले भने, ‘हामी अन्तिम समयसम्म लड्छौं । हामी छोड्नेवाला छैनौं । तपाइँहरूले के-के गर्न सक्ने हो गरे हुन्छ ।’

संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध नेकपाले दोस्रो चरणका आन्दोलनका कार्यक्रम तय गर्न भोलि नै उपलव्ध स्थायी समितिका सदस्यहरुको बैठक बोलाएको छ । प्रवक्ता योगेश भट्टराईले १२ बजे स्थायी समिति सदस्य बैठक बसेर भावी आन्दोलनका कार्यक्रमबारे छलफल गर्ने जानकारी दिए ।

याे पनि 

माफी माग्दै दाहालले भने, ओलीलाई चिन्‍न सकिएन