सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

२१२० मतगणना : गगनले १३८५ मत ल्याउँदा विश्वप्रकाशलाई ८५१ मत

काठमाडौँ- नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापाले अग्रता लिएका छन् । हालसम्‍म २१२० मतगणना भएको छ ।

कांग्रेस निर्वाचन समितिका अनुसार १३८५ मत ल्याएर थापाले अग्रता लिइरहँदा विश्वप्रकाश शर्माले ८५१ मत ल्याएर पछ्याएका छन् । 

यसैगरी, प्रकाशशरण महतले ६९८, प्रदीप पौडेलले ६६८, मिनेन्द्र रिजालले ३६५ मत ल्याउँदा राजाराम कार्कीले ५९ मत पाएका छन् ।