सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

कांग्रेस जनजाती सहमहामन्त्रीमा आङ्देम्बे विजयी

काठमाडौँ - नेपाली कांग्रेसको आदिवासी जनजाती सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे विजयी भएका छन् । संस्थापन पक्ष सभापति शेरबहादुर देउवा पक्षका आङ्देम्बे २ हजार ७११ मतका साथ विजयी भएका हुन् ।

जनजाती आदिवासी तर्फ खसेको ४ हजार ६८१ मध्ये आङ्देम्बेले ७८९ मतान्तरले विजयी भएका हुन् । संस्थापन इतर पक्षका विकास लामाले भने १ हजार ९९३ प्राप्त गरे । कांग्रेस सहमहामन्त्रीको महिलातर्फ देउवा समूहकै डिना उपाध्याय विजयी भएकी छ्न ।