सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

दलित सहमहामन्त्रीमा जीवन परियार विजयी

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसको दलित सहमहामन्त्रीमा जीवन परियार विजयी भएका छन् । संस्थपन इतर समुहबाट दलित सहमहामन्त्रीमा जीवन परियारले २२ सय १२ मत ल्याएर विजयी भएका हुन् । संस्थापन प्यानलका उम्मेद्वार मानबहादुर विश्वकर्माले २१ सय ७५ मत ल्याए । यस्तै प्रकाशमान सिंह प्यानलका गंगा सुनारले भने २२९ मत ल्याए ।

दलित सहमहामन्त्रीमा ४ हजार ६ सय ७० मत खसेको थियो ।