प्रधानमन्त्री अब नयाँ नक्सा लिएर भारतसँग वार्ताका लागि जानुहुन्छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं : उपप्रधानमन्त्री इश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेपालको नयाँ चुचे नक्सा लिएर भारत सरकारसँग वार्तामा जाने बताएका छन् । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू सिन्धुपाल्चोकले काठमाडौमा आयोजना गरेको विद्यार्थी भेला कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री ओलीले अब भारत भ्रमण गरेमा नयाँ चुचे नक्सा लिएर जाने बताए ।
उनले प्रधानमन्त्री ओलीले नयाँ नक्सा लिएर भारत सरकारसँग आँखामा आँखा जुधाएर वार्ताका लागि भ्रमणमा जाने उल्लेख गरे । उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री ओली राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, स्वाभिमान र आत्मसम्मानको पक्षमा उभिए वापत दण्ड गर्न खोजिएको आरोप दाबी गरे । उनले पार्टी भित्रका नेताहरूले पदको आकांक्षामा षड्यन्त्रको बाहक बनेर काम गर्नु दुर्भाग्यूर्ण भएको बताए ।
‘प्रधानमन्त्रीले अब आँखामा आँखा जुधाएर कुरा गर्ने भन्नु भएको छ,’ उनले भने, ‘अब प्रधानमन्त्रीले भारत भ्रमण गर्नुभयो भने चुच्ने नक्सा लिएर भारतले कहिले भूमि छोड्छ भनेर कुरा गर्न जानुहुन्छ ।’
उपप्रधानमन्त्री पोखरेलले जनताको आकांक्षा पूरा गर्न ठूला सपना देखेर दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता भए पनि अहिले बज्रपात भएको बताए । पुष्पकमल दाहालसँग पार्टी एकता बचाउन प्रधानमन्त्री ओलीले आग्रह गरे पनि अस्वीकार गरेको भन्दै दाहालले प्रधानमन्त्रीमाथि लगाएको आरोप गलत भएको जिकिर गरे ।
उनँले प्रधानमन्त्री ओली महाधिवेसनपछि अध्यक्ष पद छाड्न तयार रहे पनि निर्वाचित प्रधानमन्त्रीलाई तत्काल हट्न दबाब दिएपछि बाध्य भएर संसद विघटन गरेर आम निर्वाचनको घोषणा गरिएको बताए । दाहाल–नेपालको चरम महत्वाकांक्षकाका कारण अहिलेको दुर्भाग्यपूर्ण अवस्था निम्तिएको उनले आरोप लगाए ।

रास्वपाको मागः भिजिट भिसा छानबिनका लागि पाँचबुँदे प्रस्ताव

अघिल्लो सरकारले अघि सारेका महत्त्वपूर्ण कार्यक्रम वर्तमान सरकारले हटायोः अध्यक्ष …

अखिलको २४ औं महाधिवेशनमा बलियो संगठनात्मक पृष्ठभूमि र अनुभवसहित रेखा न्यौपा…

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

प्रतिक्रिया