वेस्ट इन्डिजमाथि पाकिस्तानको ‘क्लिन स्विप’
काठमाडौँ- वेस्टइन्डिजलाई तेश्रो खेलमा ७ विकेटले पराजित गर्दै पाकिस्तानले तीन टी-२० खेलको शृंखला ३-० ले ‘क्लिन स्विप’ गरेको छ । कराँचीमा सम्पन्न खेलमा वेस्टइन्डिजले दिएको २०८ रनको विशाल लक्ष्य पाकिस्तानले ७ बल बाँकी रहँदै भेटायो ।
पाकिस्तान ओपनर मोहम्मद रिजवान र बाबर आजमले पहिलो विकेटका लागि १५८ रनको साझेदारी गरे । आजमले ७९ रन बनाउँदा रिजवानले ८६ रन बनाए । वेस्टइन्डिजका बलर रोमारियो शेफर्ड, डोमिनिक ड्रेक्स र ओडेन स्मिथले समान १-१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिंग गरेको वेस्टइन्डिजले २० ओभरमा ३ विकेट गुमाउँदै २०७ रन बनाएको थियो । उसको कप्तान निकोलस पुरनले सर्वाधिक ६४ रन बनाए । यस्तै शामराह ब्रुक्सले ४९ रन, ब्राण्डन किंगले ४३ तथा डेरेन ब्राभोले अविजित ३४ रनको योगदान गरे ।
पाकिस्तानका बलर मोहम्मद वासिमले २ तथा शाहनवाज दहानीले १ विकेट लिए । सिरिज अन्तर्गत पहिलो र दोश्रो खेल पाकिस्तानले ६३ रन र ९ रनले जितेको थियो ।

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

आइसिसी यु–१९ विश्वकप एसिया छनोट : नेपालले हङकङसँग भिड्दै

ओमान सामु नेपालको ११८ रनको लक्ष्य प्रस्तुत
_BgiJAHh2vp_aaer5nxj58ygwpaoaukgj3kohe2xfsz46norfov0cw2mjn0w2hc7c3bwyjo2_n7Jw1mO9ns_y9yt9nbttpwjgynsvryydr0xwjatmmrdmj8u5xyefflgm1hdbvqth1z7zod1.jpg)
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक

प्रतिक्रिया