वन अतिक्रमणकारीलाई कारबाही गर्न मुख्यमन्त्री राउतको निर्देशन

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वन अतिक्रमणकारीहरूलाई तत्काल कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । मंगलबार महोत्तरीको बर्दिबासमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यस्तो निर्देशन दिएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले विभिन्न बहानामा भइरहेको वन अतिक्रमण तत्काल रोकेर संलग्नलाई कारबाही गर्न निर्देशन दिए । उनले सुकुम्बासीको नाममा राजनीति संरक्षण प्राप्त हुकुमबासीहरू वन अतिक्रमण तथा फडानीमा अग्रपक्तिमा रहेको उल्लेख गर्दै वनको रक्षा गर्न जिम्मेवारी पाएका राष्ट्रसेवक कर्मचारी एवं सरकारका जिम्मेवार व्यक्तिहरूलाई किन्तु-परन्तु गर्ने ठाँउ नरहेको बताए ।
मुख्यमन्त्री राउतले राजनीति संरक्षण प्राप्त भू-माफियाहरूले गर्दै आएको वन अतिक्रमण कार्यलाई रोक्न प्रदेश सरकारले आफ्नो छुट्टै कानून ल्याउन लागेको भन्दै अब कोही पनि वन अतिक्रमणकारी कानूनी दायराबाट भाग्ननसक्ने बताए । बर्दीवास क्षेत्रमा पछिल्लो समयमा भएको वन फडानीको चर्चा गर्दै उनले अविलम्ब घटनाको छानबिनगरी कानून बमोजिम कारबाही प्रक्रियाअघि बढाउन वन सचिवलाई निर्देशनसमेत दिए ।
सो कार्यक्रममा सिरहा र रौतहट जिल्लामा अतिक्रमित वन क्षेत्रलाई पुनः वन मातहतमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका राष्ट्रसेवक कर्मचारीहरूलाई सम्मानसमेत गरिएको थियो । कार्यक्रम भइरहेकै बेला कार्यक्रम स्थल बाहिर चुरे वन संरक्षण अभियन्ताहरुले चुरे वन संरक्षण गर्न प्रदेश सरकार असफल रहेको भन्दै नाराबाजी समेत गरेका छन ।

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

२०३८ सालदेखि चार पटक शिलान्यास गरेको राजविराज बसपार्क बल्ल सञ्चालनमा

मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई

बलात्कारको अभियोगमा दुई जना पक्राउ

प्रतिक्रिया