कांग्रेस सहमहामन्त्रीकाे मतगणना सुरु

काठमाडौँ - नेपाली कांग्रेसको सहमहामन्त्रीको मतगणना सुरु भएको छ । आठ सहमहामन्त्रीमध्ये तीन सहमहामन्त्री महिला, जनजाति र दलित सहमहामन्त्रीको मत परिणाम आइसकेको छ । आज खस आर्य, मधेसी, मुस्लिम, थारु र पिछडिएका क्षेत्रको मतगणना सुरु भएकाे हाे ।
अहिले मतपत्र मिलाउने काम भइरहेको छ । खस आर्य, मधेसी, मुस्लिम र थारु सहमहामन्त्रीको मतपत्र खोलेर मिलाउने काम भएको छ भने पिछडिएका क्षेत्रको पनि मतपत्र खोल्न लागिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
खस आर्य समूहमा शेरबहादुर देउवा प्यानलबाट किशोरसिंह राठोर र शेखर कोइराला प्यानलबाट देवराज चालिसे, मधेसी क्लष्टरबाट देउवा प्यानलबाट महेन्द्र यादव र कोइराला प्यानलबाट रामकृष्ण यादव र विमलेन्द्र निधि प्यानलका रामकृष्ण यादव उम्मेदवार छन् ।
यस्तै थारु क्लष्टरबाट देउवा समूहका उमाकान्त चौधरी र कोइराला समूहका तेजुलाल चौधरी तथा मुस्लिम क्लस्टरबाट देउवा प्यानलका फरमुल्लाह मन्सुर र कोइराला प्यानलका शेख वकिल प्रतिस्पर्धामा छन् ।
यसैगरी पिछडिएको क्षेत्र कलष्टरबाट सहमहामन्त्री पदमा देउवा समूहका जीवनबहादुर शाही, कोइराला समूहका बद्री पाण्डे र निधि समूहका चेतराज बराल उम्मेदवार छन् ।

कांग्रेस प्रदेश २: पदाधिकारीहरूमा पनि संस्थापन समूह नै विजयी

कांग्रेस खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने आँट महिलाले किन गरेनन् ?

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसले कति ल्याए ?

कांग्रेस प्रदेश २ अधिवेशन- प्रतिनिधि नामावली दर्ता सुरु, मनोयन दर्ता आजै

कांग्रेस प्रदेश २ अधिवेशन- मंगलबार मनोनयन दर्ता, बुधबार निर्वाचन

कांग्रेस खुला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए ? (सूचीसहित)

प्रतिक्रिया