वाग्मती प्रदेशका उपनेता जम्कट्टेल र सचेतक माझीलाई हटाइयो

काठमाडौं : नेकपा वाग्मती प्रदेशका दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले उपनेता र सचेतकलाई जिम्मेवारीमुक्त गरेका छन् । पौडेलले आफू पक्षीय सांसदहरूको बैठक बोलाएर उपनेता शालिकराम जम्कट्टेल र सचेतक बुध्दिमान माझीलाई पदमुक्त गरेका हुन् ।
उपनेताबाट हटाइएका जम्कट्टेलले आफूलाई पदबाट हटाएको औपचारिक जानकारी आइनसकेको तर, सुनेको बताए । ‘हटाएको भन्ने सुनेको छु । तर, औपचारिक जानकारी आएको छैन,’ जम्कट्टेलले इकागजसँग भने ।
जम्कट्टेलले आफूहरूले यसअघि नै पौडेललाई दलको नेताबाट हटाएर अष्टलक्ष्मी शाक्यलाई बनाइसकेकाले हटाउनुको कुनै अर्थ नरहेको बताए । जम्कट्टेल वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत हुन् ।

अग्रज र सहिदका सङ्कल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छः प्रधानमन्त्री ओली

बालबालिकालाई संस्कारसहितको शिक्षा दिनुपर्छ : मुख्यमन्त्री कँडेल

देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्छ : महासचिव पोखरेल

राजनीतिप्रति युवाहरूको वितृष्णा बढ्यो, आकर्षणमा बदल्नु मुख्य चुनौती : शेखर को…

‘मूलधारका मिडियालाई न्यू मिडियाले चुनौती खडा गरेको छ’

पार्टी फुटाउने नेतालाई अहिले पश्चाताप भइरहेको छ : महासचिव पोखरेल

आगामी निर्वाचन कांग्रेसको बहुमत आउन सक्छः सभापति देउवा

प्रतिक्रिया