यस्तो बन्यो कांग्रेसको पदाधिकारी टिम

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तरर्गत नयाँ नेतृत्वको मतगणना जारी छ । अहिलेसम्म सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री पदको मतगणना सम्पन्न भइसकेको छ । सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालको लागि पुनः निर्वाचित भए । पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नल्याएपछि दोस्रो चरणमा देउवा निर्वाचित भएका हुन् ।
कांग्रेस सभापतिको लागि पहिलो चरणमा देउवा, शेखर कोइराला, बिमलेन्द्र निधि, प्रकाशमान सिंह, कल्याण गुरुङ चुनावी मैदानमा थिए । सोमबार सम्पन्न पहिलो चरणको निर्वाचनमा जम्मा ४,७४३ जना महाधिवेशन प्रतिनिधिमध्ये ४,६७९ ले मतदात गरेका थिए । यो मध्ये देउवाले २,२५८ मत ल्याए कोइरालाले १,७०२ मत मत प्राप्त गरे । प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधि २५० र कल्याण गुरुङ २२ मत प्राप्त गरे । कूल खसेको मतमध्ये ७६ बदर भएको जनाइएको छ ।
दोस्रो चरणमा धेरै मत ल्याउने देउवा र कोइरालाबीच प्रतिस्पर्धा भयो । दोस्रो चरणमा २७३३ मत ल्याएर देउवा विजयी हुँदा अर्का उम्मेदवार कोइरालाले पहिलो चरणको मतलाई बढाएर १८५५ मत ल्याए । दोस्रो चरणमा देउवालाई पहिलो चरणमा सभापतिमा पराजित तीनै उम्मेदवारले समर्थन गरेका थिए ।
शुक्रबार साँझसम्म सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री गरेर १३ पदाधिकारी निर्वाचित भइसकेका छन् । निर्वाचन समितिका अनुसार सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय, जीवन परियार, भीष्मराज आङ्देम्बे, फर्मुल्लाह मन्सुर, किशोरसिंह राठौर, महेन्द्र यादव र उमाकान्त चौधरी निर्वाचित भए ।
कोषाध्यक्ष भने सभापतिले निर्वाचित केन्द्रीय सदस्यमध्ये एक जनालाई मनोनीत गर्नेछन् । पदाधिकारीमा अधिकांश देउवा समूहका उम्मेदवार निर्वाचित भएका छन् । तर, शक्तिशाली मानिने महामन्त्री पदमा भने देउवा समूहका दुवै उम्मेदवार आउन सकेनन् । अहिले निर्वाचित १३ पदाधिकारीमध्ये देउवा स्वयम र उपसभापति खड्कामात्रै कांग्रेसको यसअघिको पदाधिकारीमा भएका व्यक्ति हुन् । अरु सबै नयाँ अनुहारले देउवा नेतृत्वको पदाधिकारी ढाकेका छन् ।
पदाधिकारीमा उपसभापति दुई जनामध्ये खड्का देउवा समूहकै हुन् भने गुरुङ शेखर कोइराला समूहका हुन् । त्यस्तै महामन्त्रीहरू थापा शेखर कोइराला समूहका हुन् भने शर्मा प्रकाशमान सिंह समूहका हुन् ।
सहमहामन्त्रीमा जीवन परियार, बद्री पाण्डेबाहेक सबै देउवा समूहकै हुन् ।

कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा हुन्छः नेता सिटौला

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

पार्टी सदस्यवाट मलाई बञ्चित गराउनु पर्ने कुनै कारण छैन्ः भण्डारी

प्रतिक्रिया