दोस्रो टेस्टः भारतद्वारा अस्ट्रेलिया ८ विकेटले पराजित

मेलबोर्न : अस्ट्रेलियामा जारी भारत र अस्ट्रेलियाबीचको दोस्रो टेस्ट क्रिकेटमा भारतले अस्ट्रेलियालाई आठ विकेटले पराजित गरेको छ । यो जितसँगै चार टेस्टको शृंखला १-१ को बराबरीमा पुगेको छ । भारतीय टिमका कार्यवाहक कप्तान अजिन्क्य रहाणेले उत्कृष्ट प्रदर्शन गरेर भारतको जितको आधार तयार पारेका थिए । रहाणेले दोस्रो पारीमा पनि अविजित २७ रन बनाएका थिए । उनले पहिलो इनिङमा पनि ११२ रनको उत्कृष्ट पाली खेलेका थिए ।
अस्ट्रेलियाले प्रस्तुत गरेको ७० रनको झिनो लक्ष्य भारतले दुई विकेटको क्षतिमा पूरा गरेको थियो । यी दुबैबीच एडिलेडमा भएको पहिलो टेस्ट खेलमा भारत अस्ट्रेलियासँग नराम्रोसँग पराजित भएको थियो । भारतीय टोली दोस्रो इनिङमा ३६ रनमै समेटिएपछि भारतीय टोलीको चर्को आलोचना भएको थियो ।
पहिलो टेस्ट खेलेका नियमित कप्तान बिराट कोहली विदामा बसेपछि दोस्रो टेस्टका लागि अजिन्क्य रहाणेलाई कप्तानीको जिम्मेवारी दिइएको थियो । पहिलो इनिङमा भारतले उत्कृष्ट प्रदर्शन गर्दै अस्ट्रेलियालाई १९५ रनमै सीमित गरेको थियो । जवाफमा कप्तान रहाणेको ११२ रनको मद्दतले भारतले ३२६ रनको मध्यम स्कोर खडा गरेको थियो ।
तर भारतीय बलरसामु अस्ट्रेलियाका खेलाडीले दोस्रो इनिङमा पनि खासै राम्रो प्रदर्शन गर्न सकेनन् । दोस्रो इनिङमा अस्ट्रेलियाली टोली सबै विकेट गुमाएर २०० रनमै समेटिएको थियो । अब दुबै टीमबीच सिड्नीमा जनवरी ७ देखि तेस्रो तथा जनवरी १५ मा ब्रिस्बेनमा चौथो तथा अन्तिम टेस्ट हुनेछ । (रासस)

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया