ओमिक्रोनबाट बच्न भारतमा अनावश्यक यात्रा र भीडभाड नगर्न आग्रह
नयाँ दिल्ली- भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोनबाट बच्न अनावश्यक भीडभाड र यात्रा नगर्न आग्रह गरिएको छ ।
ओमिक्रोनबाट सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएपछि भारतको सङ्घीय सरकारले उच्च सतर्कता अपनाउन आम नागरिकलाई शुक्रबार आग्रह गरेको हो ।
'ओमिक्रोनको सङ्क्रमण तीव्ररूपमा फैलिएको पाइएको छ, अनावश्यक भीडभाड र अनावश्यक यात्रा नगर्नु हुन अनुरोध छ,' सरकारद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
भारतमा अहिलेसम्म १०१ जनामा ओमिक्रोन भाइरसको सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् ।
यसको सङ्क्रमण थप फैलिन नदिन कोरोनाभाइरसबाट बच्ने स्वास्थ्य मापदण्डहरू पालना गर्नुपर्नेमा मन्त्रालयले जोड दिएको छ ।
भीडभाडमा नजाने, मास्क लगाउने, सेनिटाइजरको प्रयोग गर्ने, साबुन पानीले हात धुनेलगायतका कार्य गर्नुपर्ने उनीहरूको भनाइ छ ।
अहिले यात्रा गर्ने, भीडभाड गर्ने बेला होइन, यसमा लापर्बाही गर्नु हुँदैन, त्यसैले अत्यावश्यक बाहेकका यात्रा र भीडभाड गर्दै नगर्नु, मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ । (सिन्ह्वा)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया