ब्राजिलको बेरोजगार दर १४.३ प्रतिशत
ब्राजिल : कोरोना भाइरस महामारीको कारण सङ्कुचित बनेको ब्राजिलको बेरोजगारी दर थोरै घटेर १४.३ प्रतिशत पुगेको मंगलबार सार्वजनिक सरकारी तथ्यांकले देखाएको छ । ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थव्यवस्थामा अगस्ट-अक्टोबरको अवधिमा अघिल्लो त्रैमासिक तुलनामा ०.३ अंकले घटेको हो ।
ब्राजिलले तीन महिनाको अवधिमा बेरोजगार तथ्यांकहरू मापन गरी सार्वजनिक गरेको तथ्यांकमा नौ पटकसम्मको बेरोजगारी दरमा आएको प्रत्यक्ष कमीले लामो समयपछि पहिलो पटक ब्राजिलको अर्थतन्त्रमा सुधारको संकेत गरेको छ । ब्राजिलमा अहिले उक करोड ४१ लाख मानिस बेरोजगार रहेका तथ्यांकबारे लेखा राख्ने सरकारी निकाय आईबीजीईले जनाएको छ ।
यो एक बर्ष पहिलेभन्दा १७ लाख बढी हो । एक वर्ष पहिले सोही अवधिमा ब्राजिलको बेरोजगारी दर ११.६ प्रतिशत थियो । ब्राजिल कोभिड-१९ को महामारीका कारण प्रभावित हुने विश्वकै दोस्रो मुलुक हो । बढी प्रभावित मुलुक अमेरिकापछि ब्राजिलमा एक लाख ९१ हजार भन्दा बढी कोभिड-१९ सङ्क्रमितको यो वर्ष मृत्यु भइसकेको छ ।
ब्राजिल सरकारले यो वर्षको अर्थव्यवस्था ४.५ प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरेको छ । यो वर्ष स्वास्थ्य संकटको कारण यो मन्दीमा पर्यो तर तेस्रो त्रैमासिकमा ब्राजिलको कुल गार्हस्थ उत्पादन ७.७ कायम भएको छ । ब्राजिलको छ करोड गरिब जनसङ्ख्यालाई महामारीका समय धान्न र रोगको व्यवस्थापन गर्नु ब्राजिलका लागि निकै चुनौतीको विषय रहेपनि ब्राजिलले अर्थतन्त्रलाई सुधारको दिशातिर उन्मुख गर्नसकेकोमा विश्व समुदायले ब्राजिलको प्रशंसा गरेको छ । (रासस)

युक्रेन र अमेरिकाद्वारा सयुक्त समझदारी पत्रमा हस्ताक्षर
अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनबाट आणविक शक्ति

१५ वर्षपछि पाकिस्तान र बंगलादेशबीच सचिवस्तरीय वार्ता

स्वेच्छाले अमेरिका छाडनेलाई पैसादेखि हवाइ टिकटसम्म निःशुल्क

१३ सन्तानको पिता मस्क, अझै बढी किन जन्माउन चाहन्छन् सन्तान ?

'ट्रान्सजेन्डर महिला'लाई बेलायतले राख्यो महिला कोटाबाट बाहिर

अन्ततः ब्रम्हाण्डमा फेला पर्यो जीव भएको अर्को ग्रह

प्रतिक्रिया