सेञ्चुरी कमर्सियल बैंकले ६.०५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौँ- सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । बैंकले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । आज बसेको बैंक सञ्चालक समितिको ३५२ औँ बैठकले चुक्ता पूँजीको ६.०५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पास गरेको छ ।
बैंकको २०७८ आषाढ मसान्तमा कायम चुक्ता पुँजी नौ अर्ब तीन करोड ४४ लाख २९ हजार ५ सय दुई रुपैयाँमा ५.७५ प्रतिशतले हुन आउने रकम ५१ करोड ९४ लाख ७९ हजार छ सय ९६ रुपैयाँ ३९ पैसा बराबरको बोनस शेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३० प्रतिशतले हुन आउने रकम दुई करोड ७३ लाख ४१ हजार ३६ रुपैयाँ ६५ पैसा बराबरको नगद लाभाशं वितरण गर्ने निर्णय गरेको छ ।

रैथाने कृषि उपजलाई बजारीकरण गर्दै ढिकी जाँतो

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा कारोबार हुँदैछ?

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

प्रतिक्रिया