प्रधानमन्त्री कपको उद्घाटन खेलमा प्रदेश १ को सजिलो जित

काठमाडौँ- शनिबारबाट सुरु भएको प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको पहिलो खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई १६० रनले पराजित गरेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ ले पहिले ब्याटिङ गर्दै दुई विकेटको क्षतिमा १६६ रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङ गरेको कर्णाली भने ६ रनमै अलआउट भयो ।
कर्णालीका आठ ब्याट्सवुमनले शून्य रनमा सीमित भएका थिए । जम्मा तीन ब्याट्सवुमनले रनको खाता खोल्दा कप्तानसमेत रहेकी ओपनर आयुसा टण्डनले तीन रन बनाइन् । अनि अंशु शाक्य र लक्ष्मी रिमालले एक–एक रन जोडे ।
प्रदेश १ की अलिसा खडिया एक्लैले पाँच विकेट लिइन् । सर्वाधिक विकेट लिँदा उनले जम्मा एक रन खर्च गरिन् । यसैगरी संगिता राईको नाममा दुई विकेट रह्यो भने सबनम राईले एक विकेट लिइन् ।
विजयी टिमका लागि कप्तान रुविना क्षेत्रीले ७६ रन बनाइन् । ७६ बल सामना गर्दा रुविनाले १० चौका प्रहार गरिन् । यसैगरी अप्सरी बेगमले पनि प्रदेश १ का लागि अर्धशतक प्रहार गरिन् । अविजित रहेकी अप्सरीको नाममा ६१ रन रह्यो । बलिङतर्फ पराजित कर्णालीका लागि दिब्या धामीले दुई विकेट हात पारिन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया