लिगमा चार खेलपछि जावलाखेलको पहिलो गोल र पहिलो जित

काठमाडौँ- जावलाखेल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ । शनिबार दशरथ रंगशालामा भएका खेलमा जावलाखेलले च्यासल युथ कलबलाई १–० ले पराजित गर्यो । यो जितसँगै जावलाखेलले जारी लिगमा पहिलो तीन अंक बटुल्याे ।
जावलाखेलको गोलका लागि दुई विदेशी खेलाडीले साझेदारी गरे । दाँया विंगबाट ओनगुना जुनियरले दिएको पासलाई अनमार्क्ड रहेका निकोलस फर्नान्डेजले निर्णायक गोलमा परिणत गरेका थिए । संयोगवश यो जावलाखेलको तर्फबाट जारी सिजनमा भएको पहिलो गोल हो ।
सिजनको पहिलो जितसँगै जावलाखेल १० औँ स्थानमा उक्लेको छ । पाँच खेल खेल्दा तीन पराजय भोगेको जावलादेलको खातामा चार अंक छ । उता च्यासल भने जावलाखेलभन्दा एक स्थान तल छ । च्यासलले पनि चार अंक नै बटुलेको छ । तर गोल भिन्नतामा च्यासल जावलाखेलभन्दा पछाडि परेको हो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया