देशभर थपिए १८९ संक्रमित

काठमाडौँ- पछिल्लो २४ घण्टामा १ सय ८९ जनामा कोभिड-१९ संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार शनिबार ७ हजार ९ सय ८७ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट १ सय ५८ र एन्टीजेन्ट विधिबाट ३१ जनामा कोभिड पुष्टि भएको छ ।
त्यसैगरी २ सय ५० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ८ हजार ६०३ जना संक्रमणमुक्त भइसकेका छन् । २ जनाको मृत्यु र हालसम्म ११ हजार ५ सय ७२ जनाको मृत्यु भइसकेको छ ।
देशभर सक्रिय संक्रमित ५ हजार ४ सय २८ जना छन् । त्यसैगरी १ लाख ११ हजार ९ सय ३८ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । आईसीयूमा १ सय ६ र भेन्टीलेटरमा २४ जना उपचाररत छन् । होम आईसोलेशनमा ५ हजार २ सय ५६ , संस्थागत आईसोलेशनमा २ सय ६६ र क्वारेन्टाइनमा ९८ जना छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया