फार्मेसीसँगको मिलेमतोमा बिरामी ठग्ने चार विचौलिया पक्राउ

विराटनगर - फार्मेसीसँगको मिलेमतोमा उपचारका लागि अस्पताल जाने बिरामी र उनीहरूका आफन्तलाई ठगी गर्ने चारजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । आफूले भनेको अस्पतालमा मात्रै उपचार राम्रो हुन्छ भन्दै बिरामी र उनीहरूका आफन्तलाई फकाएर कमिसन दिने फार्मेसीमा औषधि किन्न बाध्य बनाउने उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१९ का ४६ वर्षीय विनोद राय, विराटनगर–५ का ६० वर्षीय रामा सुनुवार, ४५ का दिलिप साह र विराटनगर–१२ का ३९ वर्षीय शिव कुमार कामतलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता दिपक श्रेष्ठले बताए । उनीहरूले विचौलीयाकोरूपमा फार्मेसीहरूसँग मिलेमतो गरी सर्वसाधारण नागरिकलाई ठगी गर्ने र अनावश्यक दुख दिने गरेको प्रहरीको दाबी छ ।
प्रहरीले यसअघि भदौ महिनामा पनि १० जना विचौलियालाई पक्राउ गरेको थियो । ठगी मुद्दामा कसुरदार किटान गर्दै जिल्ला अदालत मोरङमा मुद्दा दायर भए पनि उनीहरु तारेखमा छुटिसकेका छन् ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया