चाडपर्वले सामाजिक सद्भाव कायम राख्ने सभामुखको विश्वास

काठमाडौँ - सभामुख अग्निप्रसाद सापकोटाले बहुजातीय बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विशेषतायुक्त देशमा यसरी मनाइने चाडपर्व परिवार एवं आफन्तजनसँग भेटघाट तथा मिलनका अवसरहरू पनि भएको बताएका छन् । उधौली पर्वका अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै सभामुखले आपसी सद्भाव र सामाजिक एकता कायम राख्न मद्दत गर्दै आएका उल्लेख गरेका छन् ।
सभामुखले किराँत समुदायभित्रका राई, लिम्बू, याख्खा, सुनुवार, थामी, सुरेल, हायु लगायतले मनाउने का अवसरमा यो चाड मनाउनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई एवं शुभकामना व्यक्त गरेका छन् । यो चाड (उधौली साकेला, चासोक तङनाम, चासुवा, श्याँदर पिदार, भूम्या) मा विशेष गरी प्रकृतिको पूजा र पूर्वजहरुका सम्झना तथा सम्मान गरिन्छ । मानव सभ्यता र जीवनजगत्का विविध गतिविधिलाई आधार मानेर साकेला सिली नाच्ने चलन छ । उधौली हिमाली र उच्च पहाडी भागबाट पशुपन्छीसहित बेसी भागमा सर्ने समय पनि हो ।
सभामुखले नेपालसहित विश्वव्यापीरुपमा देखापरेको जलवायु परिवर्तनका कारण उत्पन्न नकारात्मक असरहरु कम गर्न एवं प्राकृतिक सम्पदाको व्यवस्थित एवं दिगो प्रयोग गर्न प्रकृतिप्रति समर्पित यस्ता चाडपर्वले आम नागरिकमा प्रेरणा मिल्ने विश्वास समेत व्यक्त गरेका छन् । रासस

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया