सुदूरपश्चिममा दाहाल-नेपाल समूहलाई बहुमत जोगाउन मुस्किल
ओली समूह नयाँ समिकरणमा

धनगढी : सुदूरपश्चिममा बहुमत जोगाउन नेकपाको पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूहलाई मुस्किल हुन थालेको छ । नेकपा बिभाजनको सुरुवाती अवस्थामा दाहाल-नेपाल समूहका मुख्यमन्त्री त्रिलोचन भट्टसँग सुविधाजनक बहुमत रहेको थियो । तर नेकपाका प्रदेशसभा सदस्यहरु समूह फेरबदल गर्ने क्रम बढेसँगै दाहाल-नेपाल समूहलाई बहुमत जोगाउन मुस्किल परेको हो ।
मंगलबार मुख्यमन्त्री भट्टले प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेपछि ओली समूह पनि नयाँ समिकरणको कसरतमा जुटेको छ । मन्त्रीबाट बर्खास्त भएपछि बोहराले आफ्नै पद धरापमा परेका मुख्यमन्त्रीले दवाबमा परेर हटाएको प्रतिक्रिया दिएका छन् । ‘मुख्यमन्त्री पनि धरापमै हुनुहुन्छ भनेर बुझ्छु म । अब नयाँ समिकरणका लागि पनि कसरत त अवश्य हुन्छ ।’
५३ सदस्यीय प्रदेश सभामा नेकपाका ३९ जना प्रदेश सभा सदस्य छन् भने नेपाली कांग्रेसका १२ र नेकपाका दुई जना प्रदेशसभा सदस्य रहेका छन् । ओली समूहमा १३ जना प्रदेशसभा सदस्य पुगे सरकार अल्पमतमा पर्ने देखिएपछि दाहाल-नेपाल समूह प्रदेशसभा सदस्यलाई समूह नफेर्न पदको लोभ देखाईरहेको छ । सुविधाजनक बहुमतमा रहेको दाहाल-नेपाल पक्ष बहुमत कायम राख्न असन्तुष्टलाई विभिन्न जिम्मेवारी दिएर मनाउने प्रयासमा जुटेको हो ।
‘असन्तुष्टको व्यवस्थापनका लागि मन्त्रीपरिषमा नयाँ नियुक्त गर्ने, मन्त्रालय थप गर्ने र राज्यमन्त्री थप्ने तयारी रहेको छ,’ दाहाल-नेपाल समूहका एक मन्त्रीले इकागजर्लाइ भने । मुख्यमन्त्री त्रिलोचन भट्टले भने आफ्नो सरकार सुरक्षित रहेको दावी गरेका छन् । प्रदेश सरकार धरापमा परेको टिप्पणी हुन थालेको अवस्थामा मुख्यमन्त्री भट्टले भने, ‘आफ्नो सरकार सुरक्षित रहेको र कसैले हल्लाउन सक्दैन् ।’
अहिलेसम्म ओली समूहमा ६ जना प्रदेशसभा सदस्य स्पष्ट खुलेर लागेका छन् भने ओली समूहले आफ्नो पक्षमा १३ जना प्रदेशसभा सदस्य रहेको दावी गर्दै आएको छ । ओली समूहका एक जना प्रदेशसभा सदस्यले भने, ‘नेकपाका १३ जना प्रदेशसभा सदस्यले आफ्नो समूहलाई साथ दिए काँग्रेस (१२) र जसपा (२) संग मिलेर मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी छ । त्यसपछि कांग्रेस र जसपासंगै मिलेर नयाँ सरकार बनाउँछौ ।’
नेपाली काँग्रेसले पनि नयाँ सरकार गठनका लागि सत्ता साझेदार बन्न तयार रहेको प्रतिक्रीया दिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सुदूरपश्चिमका संसदीय दलका नेता डाक्टर रणवहादुर रावलले नयाँ सरकार गठनका लागि कांग्रेस सत्ता साझेदार बन्नसक्ने बताएका हुन् ।
‘अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध आन्दोलनमा छौ,’ रावलले भने, ‘अहिले नै नयाँ समिकरणमा सहभागी हुने वा नहुने भन्ने विषयमा टुङगो लागेको छैन् । तर नयाँ सरकार बनाउँनै परे कांग्रेस सत्ता साझेदार बन्न सक्छ ।’ उनले नेकपाका ओली र दाहाल-माधव समूहसंग नयाँ समिकरणबारे छलफल भने भईरहेको स्वीकार गरे ।

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट
_JWCEZT7Km1_rrqi8tk3zkgqlknaxqqn0r9ovakdepaabie62k1duhgpnltyevd0lpqgu7jt_LVnM0FQvFf_ovulwcw85xb5dl9lri0qcgviglu8w5qct5ywrfnps60szh1eshgrio9oqb0e.jpg)
९७ वर्षमा नागरिकता

प्रतिक्रिया