प्रधानमन्त्री कप महिला क्रिकेटमा लुम्बिनी प्रदेशकाे जित

काठमाडौँ- प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको दिनको पहिलो खेलमा कर्णाली प्रदेशले ६ ओभरमा तीन विकेट गुमाएर १७ रन बनाएको थियो । हुस्सुका कारण ६ ओभरमा घटाइएको खेलमा लुम्बिनीले ३.१ ओभरमा २१ रन बनायो ।
कर्णालीका लागि आयुसा टण्डनले सर्वाधिक सात रन जोडेकी थिइन् । त्यसैगरी दिक्षा गिरीले पनि अविजित सात रन बनाए । यी दुईबाहेक ब्याटिङ गरेका दिभ्या धामी र अन्जु गुरुङले एक–एक रन बनाए भने तिर्सना विश्वकर्मा शून्यमै आउट भइन् । पहिलो खेलमा प्रदेश १ को सामना गरेको कर्णाली ६ रनमा अलआउट भएको थियो । लुम्बिनीविरुद्ध पनि कर्णालीका ब्याट्सवुमन निरिह देखिए । लुम्बिनीका लागि ओपनरद्वय लक्ष्मी चौधरी र नेरी थापाले क्रमशः १२ र पाँच रन बनाए ।

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

आइसिसी यु–१९ विश्वकप एसिया छनोट : नेपालले हङकङसँग भिड्दै

ओमान सामु नेपालको ११८ रनको लक्ष्य प्रस्तुत
_BgiJAHh2vp_aaer5nxj58ygwpaoaukgj3kohe2xfsz46norfov0cw2mjn0w2hc7c3bwyjo2_n7Jw1mO9ns_y9yt9nbttpwjgynsvryydr0xwjatmmrdmj8u5xyefflgm1hdbvqth1z7zod1.jpg)
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक

प्रतिक्रिया