मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

अदालत बन्द भएको मौका छोपी हरिसिद्धिको विवादास्पद साधारण सभा

फाइल फोटो

काठमाडौं :  उच्च अदालत पाटनमा हरिसिद्धि ईंटा तथा टायल कारखानाको विवादास्पद साधारण सभासम्बन्धी मुद्दा विचाराधीन रहेकै बेला सञ्चालक समितिले आज साधारण सभा गराएको छ ।

उच्च अदालत पाटनले सञ्चालक समितिले गुपचुप ढंगले आव्हान गरेको साधारण सभा आयोजन गर्न दिने वा रोक लगाउने भन्ने सम्बन्धमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने निर्णय गर्न आजकै दिन विपक्षीलाई समेत छलफलका लागि बोलाएर पेशी तोकको थियो ।

तर आइतबार सरकारले उपत्यकामा उधौली पर्व बिदा दिएकाले अदालत बन्द रहेको मौका छोपी सञ्चालक समितिले साधारण सभा सम्पन्न गरेको हो । कारखानाको नियमावलील्े साधाण सभा प्रत्येक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र गरिसक्नुपर्ने व्यवस्था गरेको छ । कुनै कारणले सञ्चालक समितिको बैठक बन नसकेमा कम्तीमा ५१ प्रतिशत सदस्य उपस्थित भई सोही कारण खुलाई साधारण सभा बोलाउने निर्णय गर्नुपर्ने सोही नियमावलीमा छ । 

उक्त बोलाइएको साधारण सभामा गणपूरक संख्या नपुगेमा सात दिनको म्याद दिक्ष्ई पुनः साधारण सभा बोलाउनुपर्ने निमायवलीको प्रावधान छ । कारखानाको सञ्चालक समितिले पुस ४ गते साधारण सभा बोलाउने निर्णय गरेको थियो । तर उक्त निर्णय सार्वजनिक नगरेको र केही शेयरधनीलाई मोबाइलबाट जानकारी गराइएको दाबी गर्दै संघर्ष समितिले उच्च अदालत पाटनमा रीट दायर गरेको थियो ।

उक्त रीटउपर कारबाही गर्दै न्यायाधीश वामदेव ज्ञवालीको एकल इजलासले छलफलका लागि दुवै पक्षलाई बोलाई आज पुस ४ गते पेशी तोकको थियो । तर सञ्चालक समितिले सार्वजनिक बिदाका कारण अदालत बन्द भएको मौकाको फाइदा उठाई साधारण सभा सम्पन्न गरेको संघर्ष समितिले जनाएको छ । 

यता संघर्ष समितिले उक्त अवैधानिक साधारण सभा रोक्न र सञ्चालक समितिले गरेको भ्रष्टाचार छानबिन गर्न कम्पनी रजिष्ट्रार कार्यालयमा उजुरी दिइए पनि उक्त कार्यलयले कुनै कारबाही नगरेको एक शेयरधनीले बताए ।