शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

देशभर १८१ संक्रमित थपिँदा, २८९ जना संक्रमणमुक्त

फाइल तस्बिर

काठमाडौँ- पछिल्लो २४ घण्टामा १ सय ८१ जनामा कोभिड-१९ संक्रमण देखिएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ९ हजार ८ सय ७२ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट १ सय ३३ र एन्टीजेन्ट विधिबाट ४८ जनामा कोभिड पुष्‍टि भएको छ ।

त्यसैगरी २ सय ८९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ८ हजार ८९२ जना संक्रमणमुक्त भइसकेका छन् । १ जनाको मृत्यु र हालसम्म ११ हजार ५ सय ७३ संक्रमितको मृत्यु भइसकेको छ ।

देशभर सक्रिय संक्रमित ५ हजार २ सय ७१ जना छन् । त्यसैगरी ९७ हजार  २६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । आईसीयूमा १ सय र भेन्टीलेटरमा २६ जना उपचाररत छन् । होम आईसोलेशनमा ५ हजार २३ , संस्थागत आईसोलेशनमा २ सय ४८ र क्वारेन्टाइनमा ९५ जना छन् ।