बलिउडकी प्रियंका चोपडा भन्दा नेपालकी जसिता सुन्दर !

काठमाडौं : नेपाली अभिनेत्री जसिता गुरुङ सन् २०२० का १ सय सुन्दर अनुहारको लिस्टमा सामेल भएकी छिन् । टिसी क्यान्डरले वर्षेनी प्रकाशित गर्दै आएको सूचीमा यो साल नेपालबाट जसिताले प्रवेश पाएकी हुन् । दुई दिन अघि सामाजिक सञ्जालमा जारी सूचीमा जसिताले ५४ औं स्थान हात पारेकी छिन् ।
सार्वजनिक सूचीमा इजरायली मोडल येल सेल्बियाले पहिलो स्थान हात पारेकी छिन् । यो क्रममा उनले इजरायलकै सबैभन्दा ठूलो सिनेमा हस्ती गल गडोटलाई पनि उछिनेकी हुन् । ‘वन्डर वुमन’ सिरिजकी अभिनेत्री गल गडोड यो वर्षका सुन्दर अनुहारको सूचीमा २१ औं स्थानमा छिन् । नेपाली अभिनेत्री जसिताले यो लिस्टमा पहिलो पल्ट प्रवेश पाएकी हुन् । यो क्रममा उनले बलिउड अभिनेत्री प्रियंका चोपडालाई पनि पछि पारेकी छिन् । यही सूचीमा प्रियंका ९१ औं स्थानमा छिन् । टिसी क्यान्डरले उनलाई मोडल तथा अभिनेत्रीको रुपमा सूचीमा सामेल गरेको जनाएको छ ।
टिसी क्यान्डरले सूची सार्वजनिक गरेको भिडियोमा १ सय भित्र अटाएका अनुहारहरू सुन्दरता वा सेक्सी शरीर भएका कारण सूचीमा अटाएको नभइ दुनियाँलाई जानकारी दिने उद्देश्यले मात्र जारी गरेको बताएका छन् । तर, १ सय अनुहार छान्नलाई धेरैवटा विधि प्रयोग भएको दाबी गरेको छ । उसले १ लाख २५ हजार सेलिब्रेटीबाट सयजनाको सूची निकालेको पनि जानकारी गराएको छ । टिसीले जारी गर्दै आएको सूचीको यो ३१ औं संस्करण हो । लन्डनमा बसोबास गर्दै आएकी जसिताले ‘लिलीबिली’बाट नेपाली फिल्ममा डेब्यु गरेकी थिइन् । त्यसयता ‘लभ स्टेसन’मा अभिनय गरेकी जसिता हाल ‘आइ एम ट्वान्टी वान’को सुटिङ गरिरहेकी छिन् ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया