'उपाधिका विषयमा कुरा गर्ने बेला भएको छैन'

काठमाडौं : मंगलबार उल्भरह्याम्पटनलाई हराउँदै प्रिमियर लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको म्यानचेस्टर युनाइटेड लिग उपाधि दौडमा अझै नरहेको प्रशिक्षक ओले गनर सोल्स्यारले बताएका छन् । ओल्ड ट्राफोर्डमा मार्कस रासफोर्डले खेलको उर्ताद्धमा गरेको गोलले युनाइटेडलाई महत्वपूर्ण तीन अंक दिलायो र शीर्षस्थानको लिभरपुलको नजिक पुर्यायो । लिभरपुलको नजिक पुगेपनि लिग उपाधिका विषयमा कुरा गर्ने बेला नभइसकेको सोल्स्यारको भनाई थियो ।
बुल्भ्सलाई १-० ले पराजित गर्दा युनाइटेडको १५ खेलबाट ३० अंक बनेको छ । लिग लिडर लिभरपुलको समान खेलबाट ३२ अंक छ । प्रतिद्वन्द्वी लिभरपुल भन्दा दुई अंकले मात्र पछि रहे पनि आफ्नो टिमले उपाधिका बारेमा सोच्ने बेला अझै नभइसकेको सोल्स्यारको भनाई थियो ।
‘पन्ध्र खेल मात्र खेलिएको छ । त्यसकारण अहिले नै लिग उपाधिका विषयमा कुरा गर्ने बेला भइसकेको छैन । अर्को १५ खेलबाट ३० अंक बटुले, उपाधिको सपना देखौंला,’ सोल्स्यारले भने । उल्भ्सलाई पराजित गरेसँगै अपराजित यात्रालाई नौऔ खेलसम्म पुर्याएको युनाइटेड ठूला टिमसँग प्रतिस्पर्धा गर्न भने तयार रहेको सोल्स्यारको भनाई थियो ।
जारी सिजनमा युनाइटेडका लागि सर्वाधिक महत्वपूर्ण खेलाडी रहेका ब्रुनो फर्नान्डेजले उल्भ्सविरुद्ध पनि आफ्नो लयलाई कायम राखे । उनकै पासमा रासफोर्डले खेलको एक मात्र गोल गरेका थिए । गत फेब्रुअरीमा युनाइटेडको जर्सीमा डेब्यु गरेका फर्नान्डेजले १८ गोल र १४ असिस्टको योगदान गरिरहेका छन् ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया