‘जलवायु परिर्वतनले समस्या ल्याउँदैछ’

कञ्चनपुर - सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले जलवायु परिर्वतनले नकारात्मक असर पार्दा वातावरणीय समस्या देखा परिरहेको बताएका छन् ।
महेन्द्रनगरमा आइतबार आयोजित सुरक्षित र दिगो विकासका लागि उत्थानशील पालिकामञ्च कञ्चनपुर सम्मेलनमा उनले विकास निर्माण र योजजना कार्यान्वयन गर्दा जलवायु परिर्वतनको विषयलाई ध्यान दिएर अघि बढ्नुपर्नेमा जोड दिए । बढ्दो जलवायु परिर्वतनका असरलाई मध्यनजर गर्दै सरकार र सरोकारवाला निकाय त्यसतर्फ गम्भीर भएर अघि बढ्नुपर्नेमा उनको जोड थियो ।
मन्त्री जोशीले भने “विकासका नाउँमा पहाडमा गरिएको अन्धाधुन्ध बेमौसमी वर्षाले सुदूरपश्चिममा ठूलो असर ग¥यो ।” उनले विपद्को असर कम गर्न पूर्व तयारीका लागि प्रदेश सरकारले योजना बनाएर काम गरिरहेको जानकारी दिए ।
यहाँस्थित भीमदत्त नगरपालिकाको आयोजना र स्थानीय नेपाल राष्ट्रिय समाज कल्याण सङ्घको प्राविधिक सहयोगमा सञ्चालित सम्मेलनमा कञ्चनपुरका नौवटै पालिकाका प्रमुख÷उपप्रमुख, पालिकाका प्रशासकीय र वातावरण अधिकृतको सहभागिता छ । सम्मेलनमा जलवायु परिर्वतनले ल्याएको समस्या र विपद्को जोखिम तथा रोकथामबारे जलवायु विज्ञहरूले जानकारी गराएका छन् । रासस

प्रधानमन्त्री ओलीसँग विश्व बैँकका प्रमुुख प्रशासकीय अधिकृतको शिष्टाचार भेट

यस वर्षको एसईई नतिजामा सुधार आउँछ : प्रधानमन्त्री ओली

नेपाल पर्वतीय पर्यटन आकर्षक गन्तव्यः मन्त्री राई

वित्त र मौद्रिक नीतिको समन्वयमार्फत अर्थतन्त्र सुधार गर्नुपर्नेमा जोड

नेपाल र साउदीबिच दुईवटा श्रम सम्झौता हुने

प्रधानमन्त्री काठमाडौं–तराई मधेस द्रुतमार्ग हेर्न खोकना जाने

जेनेभामा श्रममन्त्रीले भनेः नेपाल श्रमको मर्यादायुक्त एजेण्डा प्रति पूर्णरूपमा प्र…

प्रतिक्रिया