कैलालीमा घाँटी रेटेर युवाको हत्या भएको घटनामा एक जना पक्राउ

कैलाली - कैलालीको जानकी गाउँपालिकाको सामुदायिक वनमा घाँटी रेटेर युवाको विभत्स हत्या भएको घटनामा सलंग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटनापछि लुकेर बसेका एक जनालाई पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।
अनुसन्धान प्रभावित हुन सक्ने भएकाले पक्राउ परेका व्यक्तिको नाम प्रहरीले सार्वजनिक गरेको छैन। घटनापछि भएको फोन संवादको अडियो प्राप्त गरेको प्रहरीले त्यही अडियोका आधारमा अनुसन्धान अगाडि बढाएर एक जनालाई पक्राउ गरिएको जनाएको हो ।
जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको अमरावती सामुदायिक वनमा धारिलो हतियारले घाँटी छिनालेर हत्या भएको अवस्थामा शनिबार शव फेला परेको थियो ।

भ्रष्टाचारविरुद्ध कर्णालीबाट खाली खुट्टा नै काठमाडौँ लम्किरहेको नवराज बोहोराको…

कामपाले सुरु गर्यो निःशुल्क मानसिक स्वास्थ्य परीक्षण

विद्युतीय अपराध गरेको आरोपमा दुई जना पक्राउ

प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान

ललितपुरबाट १३ जुवाडे पक्राउ

पत्नीको कुटाइबाट पतिको मृत्यु

माँ भाटभटेनी संस्थाद्वारा सीपमूलक तालिम समापन समारोह सम्पन्न

प्रतिक्रिया