'बार्सिलोनाले यस सिजन लिग जित्न ग्राहो छ'

काठमाडौं : स्पेनिस ला लिगामा सिजनको चौथौं बराबरी खेलेपछि बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कुमनले उपाधि रक्षा गर्न कठिन हुने बताएका छन् । मंगलबार एइबारसँग १-१ को बराबरी गरेको बार्सिलोना लिग अंक तालिकाको छैठौं स्थानमा छ । लिगको शीर्ष दुईमा रहेका एथलेटिको म्याड्रिड र रियल म्याड्रिडसँग दुरी बढ्दै गएपछि कुमनले यस्तो निस्कर्ष निकालेका हुन् ।
‘अहिलेको अवस्थामा म बार्सिलोनाले लिग जित्छ भन्न सक्दिन । अहिलेको लयमा लिग रक्षा गर्न सकिदैन । एथलेटिकोसँग दुरी धेरै बढेको छ । उनीहरुले निरन्तर बलियो खेल देखाउँदै आएका छन् । त्यसकारण, हामीलाई शिर्षस्थानमा पुग्न सजिलो छैन,’ कुमनले भने ।
कुमन प्रशिक्षक बनेर आएपछि बार्सिलोनाले १५ मध्ये सात खेलमा मात्र जित दर्ता गरेको छ । लिगमा चार पराजय भोगिसकेको बार्सिलोनाले सन् २००३ यताकै खराब सुरुवात गरेको छ । मंगलबार लियोनल मेस्सीबिना उत्रेको बार्सिलोनाले अवसर सिर्जना गरेपनि जितका लागि पर्याप्त गोल गर्न सकेन । त्यसै परिपेक्ष्यमा कुमनले बार्सिलोनाले मेस्सीको अनुपस्थितीमा पनि राम्रो खेल्छ भन्न नसकिने भएपनि एइबारविरुद्ध तीन अंक प्राप्त गर्ने गरी खेलेको जिकिर गरे ।
बार्सिलोनाले अब आइतबार हुएस्काको समाना गर्दै अंग्रेजी नयाँ वर्षको सुरुवात गर्नेछ । लिगको पुच्छारमा रहेको हुएस्काले एक खेलमात्र जित्न सकेको छ । मेस्सीसहित उत्रने बार्सिलोनाका लागि त्यो खेल शीर्षस्थानका टिमसँग दुरी घटाउने मौका हुनेछ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया