लिम्बू समुदायको समाधिस्थल संकटमा- अन्त्येष्टिमा सामूहिक हट्दै, एकल बढ्दै

तेह्रथुम - नेपालमा बसोबास गर्दै आएका जातजातिहरूको आ(आफ्नै भाषा कला संस्कार संस्कृति रहँदै आएको छ । त्यस्तै पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बूहरूको पनि छुट्टै संस्कार छ ।
आफूलाई आदिमकालदेखि नै बसोबास गर्दै आएको समुदायको रुपमा लिम्बूहरूले लिने गरेका छन् । जन्मदेखि मृत्यृसम्म आफ्नै संस्कार संस्कृति रहेको छ, यो समुदायको । आफूहरू यो धर्तीको (हाङ) राजा भएकोले मृत्यृ प्रश्चात कुनै निश्चित समाधिस्थलमा दाहसंस्कार गर्ने परम्परा रहँदै आएको छ । भूमिसुधार लागु हुनु पूर्व किपोटियाको रहेका लिम्बूहरूले आफ्ना आफन्तको मृत्यृ हुँदा समाधिस्थलमा नै चिहान बनाएर दाहसंस्कार गर्ने गरेका छन् ।
यी समुदायमा आर्थिक रूपमा सम्पन्न परिवारका सदस्यहरूले कपुरथान अर्थात् पक्की चिहान बनाउने प्रचलन रहँदै आएको छ । तर,पछिल्लो समय यी समुदायमा सामूहिक रूपमा दाहसंस्कार गर्ने परम्परा हराउँदै जान थालेको छ ।
पुस्तौदेखि भएको समाधिस्थलहरूमा जग्गा अभावसँगै सरकारले सामुदायिक वनको अवधारणा ल्याएपछि यी समुदायलाई समस्या हुँदै गएको शंखरमान खेवाले बताए ।
उनी भन्छन्, ‘राज्यले लिम्बू समुदायको संस्कार सस्कृतिमा प्रहार गर्दै नियोजित रूपमा समाधिस्थलहरू सरकारीकरण गरेको छ । भाषा लिपी संस्कार सस्कृति संरक्षणका लागि अहिले पुस्ताले ध्यान नदिए अस्तित्व नै संकट हुँदै जाने देखिन्छ । त्यसैले समाधिस्थलकबारे बेलैमा नसोच्ने हो भने लिम्बूहरूको एक घर एक समाधिस्थल बन्ने देखिन्छ ।’
पछिल्लो समय लिम्बू समुदायमा आफ्नै निजी जग्गामा आफ्ना आफन्तहरूको मृत्यृ हुँदा राख्ने चलन सुरु भएको छ । केही दशकअघिसम्म समाधिस्थलमा मात्र दाहसंस्कार गर्दै आएका यी समुदायमा आफ्नै जग्गामा राख्ने चलन सुरु गरेका छन् ।
समाधिस्थलहरूमा विभिन्न समस्या कारणपछि निजी जग्गाहरुमा दाहसंस्कार गर्दै आएको सूर्य मादेनको भनाइ छ । दहासंस्कारका लागि समाधीस्थलहरूमा ढुंगा अभावका साथै दूरी टाढा भएका कारण पनि पछिल्लो समयमा सामूहिक रुपमा दहासंसकार गर्ने प्रचलन हराउँदै गएको मादेन बताउँछन ।
यी समुदायका कालगतीले मृत्यृ हुँदा समाधिस्थलमा चिहान बनाएर अन्त्येष्टि गर्ने चलन छ भने कोही अकालमा आत्महत्या, लडेर या कुनै कारण मृत्यृ भएमा जलाएर अन्त्येष्टि गर्ने गरेका छन । कोही कसैको मृत्यृ भए छोरी भए तीन दिन र छोरा भए चार दिनमा नुनतेल गर्ने प्रचलन रहँदै आएको छ ।
यो समुदायका दाहसंस्कारपछि आफ्ना आफन्तको सम्झनामा चौतारा,धर्मशाला पाटी र स्मरणका लागि वरपिपल रोप्ने गरेका छन् । यसरी घरघरै समाधिस्थल बनाउने चलनले लिम्बू समुदायमा विकृतिको रूप लिँदै गएको अग्रजहरूले बताउने गरेका छन् ।
लिम्बू समुदायका अग्रजहरूले दाहसंंस्कारका लागि सामूहिक समाधिस्थलकबारे ध्यान दिन आवश्यक देखिन्छ । पछिल्लो समय लिम्बू समुदायको बसोबास गरेका गाउँहरूमा रहेको घर-घरमा चिहान देखिने थालेका छन् ।
खासगरी पूर्वको तेह्रथुम, धनकुटा, संखुवासभा, पाँचथर, ताप्लेजुङ, ईलाम, झापा, मोरङ, सुनसरी लगायत राजधानी र विभिन्न देशमा यी समुदाय बसोबास गर्दै आएका छन् ।

भैरहवामा धम्म यात्रा, बाटोमा फूल छरेर भिक्षुको स्वागत

ठमेलमा होली हंगामा हुँदै

भोजपुरको प्रसिद्ध सिद्धेश्वर शिवपञ्चायन मन्दिर संरक्षण गर्दै स्थानीयवासी

संस्कृति पुनर्जीवित गर्दै बागलुङ बजारका स्थानीय

मेलामार्फत लोक संस्कृति संरक्षण गरिँदै

जोखिमयुक्त झोलुङ्गे पुलमार्फत यात्रा गर्न बाध्य भक्तजन

हराउँदै ढिकीजाँतोको प्रचलन

प्रतिक्रिया