कांग्रेस केन्द्रीय सदस्यमा तीन डाक्टर इन, ६ आउट

काठमाडौँ - कांग्रेसको १४औँ महाधिवेशनमा भएको खुलातर्फ ३५ जना केन्द्रीय सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । जसमा तीन जना डाक्टर निर्वाचित भएका छन् ।
केन्द्रीय सदस्यमा निर्वाचित तीन डाक्टरमा डा. शशांक कोइराला, प्रा.डा. गोविन्दराज पोखरेल र डा. रामशरण महत छन् । कोइरालाले पपुलर मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । उनले ३८३६ मत ल्याएका हुन् ।
३५ सदस्यका लागि भएको निर्वाचनमा तीन जना डाक्टर निर्वाचित हुँदा ६ जना डाक्टर भने पराजित भए । पराजित हुनेमा प्रा.डा. तिर्थराज खनियाँ, डा. सुरेशचन्द्र चालिसे, डा. टिएन योगी, डा.रामशरण थपलिया, डा. सुरेश मल्ल र डा. मुकेशराज काफ्ले रहेका छन् ।

कांग्रेस प्रदेश २: पदाधिकारीहरूमा पनि संस्थापन समूह नै विजयी

कांग्रेस खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने आँट महिलाले किन गरेनन् ?

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसले कति ल्याए ?

कांग्रेस प्रदेश २ अधिवेशन- प्रतिनिधि नामावली दर्ता सुरु, मनोयन दर्ता आजै

कांग्रेस प्रदेश २ अधिवेशन- मंगलबार मनोनयन दर्ता, बुधबार निर्वाचन

कांग्रेस खुला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए ? (सूचीसहित)
जनआन्दोलनका घाइते मुकेशलाई छोएर विश्वप्रकाशले लिए महामन्त्रीको सपथ

प्रतिक्रिया