के आज इंगेजमेन्ट गर्दैछन् रणवीर र आलिया ?

मुम्बई : रणवीर कपुर र आलिया भट्टको अफेयरको खबर नयाँ होइन । दुवैले यही साल विवाह गर्न लागेको कुरासमेत सकारेका थिए । अझ केही दिन अघि त रणवीर स्वयंले एउटा अन्तर्वार्तामा कोभिड १९ कारण विवाह हुन नसकेको कुरा स्वीकार गरेका थिए ।
यसपछि आउँदो वर्षको कुनै पनि महिना उनीहरूको विवाह हुन सक्ने अड्कलबाजी गरिएको थियो । तर, यो वर्ष उनीहरूले विवाह चैं होइन इंगेजमेन्ट गर्न लागेको खबर छ । भारतीय मिडियामा आएका बग्रेल्ती समाचारले रणवीर र आलियाले आज जयपुरमा इंगेजमेन्ट गर्न लागेको बताएका छन् ।
दुई दिनअघि रणवीर र आलिया जयपुर उडेका थिए । एयरपोर्टमा अर्का रनवीर र दीपिका पादुकोन पनि देखिएका थिए । सबैको अनुमान थियो, उनीहरू नयाँ वर्ष एकै ठाउँ मनाउन हिडेका होलान् तर बाँकी कलाकारले पनि धमाधम जयपुरको टिकट काट्न थालेपछि उद्देश्य अर्कै रहेको शंका गरिएको हो ।
समाचारहरूमा उल्लेख भए अनुसार यतिबेला जयपुरमा रनवीर र दीपिका मात्र होइन रणवीरका निकट साथी आयान मुखर्जी पनि पुगिसकेका छन् । यसैगरी आलियाको तर्फबाट महेश भट्ट, मुकेश भट्ट, पूजा भट्टसँगै करण जोहर पनि जयपुरलागि हिँडिसकेका छन् । रणवीर र आलियाको अफेयर दुई वर्ष अघि ‘ब्रम्हास्त्र’को सेटबाट सुरु भएको थियो ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया