फिल्मको प्रचारका लागि कपिल र सलमानलाई कति तिर्छन् बलिउड निर्माता ?

मुम्बई - यस्तो कुनै बलिउड फिल्म भेट्न गाह्रो पर्छ जुन कपिल शर्माको कार्यक्रममा नगएको होस् । यसैगरी सलमानले चलाउने ‘बिग बोस’मा पनि निर्माताहरू कलाकार लिएर प्रचार गर्न पुगेकै हुन्छन् । तर के यहाँ फिल्मकर्मीले निशुल्क आफ्नो फिल्मको प्रचार गर्न पाउँछन् ? पाउँदैनन् ।
बलिउडका सञ्चारमाध्यमले लेखेअनुसार यस्ता कार्यक्रममा फिल्मको प्रचार गर्न निर्माताले टेलिभिजन कार्यक्रमलाई मोटो रकम बुझाउनु पर्छ । समाचारमा उल्लेख भएअनुसार बलिउड फिल्मले ‘कपिल शर्मा सो’मा प्रचारका लागि २५ देखि ३० लाखसम्म तिर्छन् भने ‘बिग बोस’मा यसरी नै फिल्मको प्रचार गर्न निर्माताले ५० लाख भारतीय रुपैँयासम्म बुझाउने गर्छन् ।
तर संयोग के भने यी दुवै कार्यक्रममा सलमान खान जोडिएका छन् । सलमान ‘कपिल शर्मा सो’का निर्माता हुन् भने ‘बिग बोस’ सलमानले नै होस्ट गर्छन् । ‘बिग बोस’मा फिल्मको प्रचार गरेवापतको हिस्सा उनले पाउँछन् पाउँदैनन्, थाहा छैन तर ‘कपिल शर्मा सो’को निर्माता पनि सलमान भएकाले यसबाट भने उनले राम्रै हिस्सा पाउँछन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया