जितपछि पत्रकार सम्मेलनमा किन देखिएनन् रहाने ?

काठमाडौं : अस्ट्रेलियामा मंगलबार भारतीय क्रिकेट टिमले पुनरागमन गर्दा नायक बनेका थिए कार्यवाहक कप्तान अजिन्क्या रहाने । टेस्ट श्रृङखलामा १-० ले पछि परिसकेको भारतलाई, कप्तान विराट कोहलीको अनुपस्थितिमा, घरेलु टिमविरुध्द जिततर्फ डोहोर्याएका रहानेलाई नायकका रूपमा चित्रित गरिनु स्वभाविक हो ।
तर खेलपछि आयोजित पत्रकार सम्मलेनमा रहाने उपस्थित भएनन् । प्रख्यात जित दर्ता गर्दा पनि रहानेले प्रेसका अगाडि आफ्ना कुरा राख्ने मनसाय किन बनाएनन् ? अहिले अस्ट्रेलिया तथा भारतीय प्रेसमा यस विषयमा चर्चा भइरहेको छ ।
आफ्नो करियरकै महत्वपूर्ण सफलता हासिल गरेका रहानेले, पत्रकार सम्मेलनमा प्रशिक्षक रवि शास्त्रीलाई मात्र जान दिए । कप्तान कोहलीका अलावा, इशान्त शर्मा र मोहम्मद शामी जस्ता महत्वपूर्ण बलरसमेतको अनुपस्थिति रहेको भारतीय टिमलाई अस्ट्रेलियाविरुध्द अभुतपूर्व जित दिलाएका रहानेलाई प्रश्न गर्न तयार रहेका पत्रकार निराश भए ।
खेलमा एक सय १२ रन बनाएका रहानेलाई सायद धेरै प्रश्न सोधिनेवाला थियो । उनको कप्तानी अनि इनिङसका बारेमा । खेलमा अस्ट्रेलियाबाट सिर्जित दबाबका बारेमा । अनि जसप्रित बुमराह र रविचन्द्र आश्वीनको उपोयोगका बारेमा ।
क्रिकेट र विश्वको अर्को प्रख्यात खेल फुटबलबीचमा महत्वपूर्ण फरक छ । क्रिकेटमा कप्तान नै टिमको मुख्य ‘फेस’ हो भने फुटबलमा प्रशिक्षक । त्यसकारण, क्रिकेटमा कप्तानबाट धेरै कुरा सुन्न चाहना राख्नु गलत होइन । जब की फुटबलमा टिमको सम्पूर्ण योजना र जितका कारण बारेमा प्रशिक्षकले राम्रोसँग बोल्न सक्छन् ।
पत्रकार सम्मेलनमा रहाने उपस्थिति नहुनुको एउटै कारण उनको स्वास्थ्य खराब हुनु हुनसक्छ । तर त्यस्तो खबर अहिलेसम्म आएको छैन । सन् २०११-१२ मा भएको अस्टे«लिया भ्रमणका बेलामा भारतले सम्पुर्ण चार खेलमा पराजय भोगेको थियो । त्यसबखत पनि भारतीय कप्तान अनुपस्थित भई त्यसै भ्रमण दौरान डेब्यू गरेका रविचन्द्र आश्वीनलाई पत्रकार सम्म्लेनमा पठाइएको थियो ।
भारतीय सञ्चारमाध्यमको सहयोगमा
करणको उत्कृष्ट ब्याटिङले नेपालद्वारा स्कटल्याण्ड पराजित

नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिड्दै

मुम्बईलाई हराउँदै ११ वर्षपछि पञ्जाव आइपीएलको फाइनलमा

असियन अल स्टार्ससँग म्यानचेस्टर युनाइटेड पराजित

जियो हटस्टारले किन्यो भारत-इंग्ल्याण्ड सिरिजको डिजिटल अधिकार

राष्ट्रिय कुराँस प्रतियोगिता जेठ १६ मा

प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता : पथरीशनिश्चरे र दमक विजयी

प्रतिक्रिया