कांग्रेस अल्पसंख्यकतर्फ सुनुवार बने केन्द्रीय सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको अल्पसंख्यकतर्फको केन्द्रीय सदस्यमा प्रदीपकुमार सुनुवार निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत अल्पसंख्यकतर्फ आज सम्पन्न अन्तिम मतपरिणामपछि सुनुवार निर्वाचित भएका हुन् ।
अल्पसंख्यकतर्फ कुल खसेको ४६३५ मतमध्ये उनले २१७१ मत ल्याए । उनका प्रतिष्पर्धी टीका सुब्बा लेप्चाले १०२३ मत मात्र ल्याए । यस्तै तेस्रो स्थानमा रहेका हरि बहादुर घलेले ६०९ मत ल्याए । चौथो स्थानमा रहेका ओम प्रकाश शर्मा ५३६ मत र प्रेमबहादुर छन्त्याल २०६ मत ल्याउँदै पाँचौँ स्थानमा रहे ।
खसेको मतमध्ये ९० मत बदर भएको थियो । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अन्य क्लस्टरका केन्द्रीय सदस्य पदका उम्मेदवारको मत गणना जारी छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया