तनहुँमा ३५ हजार बालबालिकालाई मोडना खोप लगाइँदै

तनहुँ- तनहुँ जिल्ला स्वास्थ्य कार्यालयको सहकार्यमा तनहुँका ३५ हजार बालबालिकालाई विद्यालयमै मोडना खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय तनहुँको सहकार्यमा स्थानीय तहले विद्यालयमा अध्ययनरत १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन लागिएको हो ।
स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शंकरबाबु अधिकारीका अनुसार खोप अभियान सञ्चालनका लागि सबै स्थानीय तहका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण तालिम प्रदान गरिएको छ ।
‘मोडर्ना खोप अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीलाई अभिमुखीकरणसँगै खोप पनि दिएर पठाएका छौँ,’ उनले भने, ‘स्थानीय तहले यसको व्यवस्थापन मिलाउनेछन् ।’

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार

पर्यटक र पूर्वाधार कुरेर बसेको लाखेत

प्रतिक्रिया