शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

नेकपा (दाहाल-नेपाल समूह)को स्थायी समिति बैठक स्थगित

काठमाडौं : बुधबार मध्यान्ह १२ बजेका लागि बोलाइएको नेकपा (दाहाल-नेपाल समूह)को स्थायी समिति बैठक स्थगित भएको छ । स्थगित बैठक कहिले बस्ने टुंगो नभएको स्थायी समिति सदस्य योगेश भट्टराईले जानकारी दिए ।
 
आन्दोलन परिचालन समितिको बैठक बसेर संघर्षका के के कार्यक्रम बनाउने भन्‍ने सुझाव सबैको लिएर त्यो स्थायी समितिमा पेस गर्ने सहमतिमा बैठक स्थगित गरिएको भट्टराईले बताए । 

‘आन्दोलन परिचालन समितिको बैठक बसेर संघर्षका के के कार्यक्रम बनाउने सुझाव सबैसँग लिने र त्यो सुझाव स्थायी समितिमा प्रस्ताव ल्याउने र बस्‍ने बनेर स्थागित गरिएको हो,’ भट्टराईले इकागजसाग भने, ‘सुझाव संकलन भएपनि सकभर भोली नभए पर्सी स्थायी समिति बैठक बसेर संघर्षका कार्यक्रम पास गर्छौ ।’

यसअघि बोलाइएको सचिवालय बैठक अध्यक्ष पुष्पकमल दाहालकी श्रीमति सिता विरामी भएपछि स्थगित गरिएको थियो ।