बिहीबार राष्ट्रिय सभा सदस्यहरूको पीसीआर परीक्षण गरिने
स्वास्थ्य सुरक्षा र सतर्कता अपनाउन अध्यक्षको अपिल

काठमाडौँ : संघीय ससद् सचिवालयले बिहीबार राष्ट्रियसभा सदस्यहरूको पीसीआर परीक्षण गर्ने भएको छ । शुक्रबारबाट सुरु हुने हिउदे अधिवेशनको अघिल्लो दिन राष्ट्रियसभा सदस्यहरूको पीसीआर परीक्षण गरिने राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
'पुस १७ गते राष्ट्रिय सभाको अधिवेशनको पहिलो बैठक बस्ने तय भएको छ । त्यसको निम्ति बिहीबार राष्ट्रिय सभा सदस्यको कोभिड-१९ परीक्षणको व्यवस्था गरिएको छ,' अध्यक्ष तिमिल्सिनाले भने ।
अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाको अधिवेशनमा उपस्थित हुने सांसदहरूलाई स्वास्थ्य सुरक्षा तथा सतर्कता अपनाउन पनि अपिल गरेका छन् ।
१७ गतेको बैठकको निम्ति सचिवालयले स्वास्थ्य मापदण्ड पूरा गरी आवश्यक तयारी गरेको पनि अध्यक्ष तिमिल्सिनाले बताए । संसद् भित्रको तयारीले मात्रै कोभिड संक्रमण रोक्न पर्याप्त नहुने भन्दै उनले सम्पूर्ण राष्ट्रिय सभा सदस्यहरूलाई बैठक अवधिभर बाहिरी गतिविधिमा जाँदा सावधानी अपनाउन आग्रह गरे ।
अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभा सदस्य बाहेक बैठक स्थलमा प्रवेश गर्ने सुरक्षाकर्मी, पत्रकार, कर्मचारीलगायत सबैलाई पनि सर्तकता अपनाउन अनुरोध गरेका छन् ।
उनले भने ‘सुरक्षाकर्मी, सचिवालयका कर्मचारी, पत्रकार मित्रहरू जो त्यहाँ जान्छौँ उहाँहरू उच्च सर्तकताका साथ जानुपर्यो । दूरी कायम राखिदिने, मास्कको अनिवार्य प्रयोग गरिदिने, त्यहाँ सेनिटाइजरको व्यवस्था गरिएको छ त्यसलाई प्रयोग गर्ने यति कुराहरु गर्यौ भने सचिवालयको तर्फबाट स्वास्थ्य मापदण्डका सबै प्रक्रियाहरू पुरा गर्नेगरी व्यवस्थापन मिलाएका छौँ । भित्रको त्यतिले मात्रै पर्याप्त हुँदैन, घर बाहिर अन्य गतिविधिमा जाँदापनि त्यत्तिकै सावधानि अपनाउनुपर्ने हुन्छ ।’
तिमिल्सिनाले प्रतिनिधि सभा नभएकाले बिलहरू दुवै सदनबाट पास गरेर ऐन बनिहाल्ने अवस्था नभएको उल्लेख गर्दै सरकारी बिजनेश भएन भने सदन लामो समय लैजान नसकिने बताए । उनले भने ‘अहिले प्रतिनिधि सभा नभएको हुँदा बिलहरू तल गएर दुवै सदनबाट पास गरेर ऐन बनिहाल्ने अवस्था त छैन । तरपनि सरकारी बिजनेस भएन भने हामीलाई लामो समयसम्म हाउस लानसक्ने अवस्था हुँदैन ।’
राष्ट्रिय सभा अधिवेशन पौष १७ गते अपरान्ह ४ बजेको निम्ति आव्हान भएको छ । प्रतिनिधि सभा विघटनपछि पहिलोपल्ट बस्न लागको राष्ट्रिय सभाको यस अधिवेशनलाई राजनीतिक वृत्त तथा आम नागरिक तहमा निकै चासो साथ हेरिएको छ ।

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

प्रतिक्रिया