शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

बामपन्थीसँग चुनाव लड्‍ने, दक्षिणपन्थीसँग सरकार बनाउन खोज्‍ने : प्रधानमन्त्री ओली

फाइल तस्वीर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल धृतराष्ट्र बन्न खोजेको आरोप लगाएका छन् । काठमाडौंमा बुधबार सुदूरपश्चिमका कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले मित्रताको अंगालो हाल्न खोजे पनि दाहाल धृतराष्ट्र बन्न बन्न खोजेको आरोप लगाए । 

‘मैले मित्रताको अंगालो हाल्न खोज्ने तर उहाँ धृतराष्ट्र बन्न खोज्ने,’ ओलीले भने, ‘बामपन्थीसँग मिलेर चुनाव लड्ने तर सरकार दक्षिणपन्थीसँग बनाउन खोज्ने। लाज लाग्नु पर्ने होइन ?’

आफूले दाहाललाई ‘षड्यन्त्रकारी प्रवृत्ति छोड्न धेरै आग्रह गर्दा पनि नबलिएको बताए । ‘षड्यन्त्रकारी प्रवृत्ति छोड्नुस् भनेर मैले उहाँलाई सम्झाएँ। राजनीति धोका मात्र होइन इमान्दारिताका साथ जनताका सेवा गर्नू हो भनेँ,’ उनले भने, ‘तीन वर्षमा डल्लाका डल्ला साबुन खर्च भयो। ट्यांकीका ट्यांकी पानी खर्च भयो। साबुन लगायो पखाल्यो उहाँ जस्ताको त्यस्तै।’