भारतका ओटीटी फिल्म पनि नेपाली हलमा !

काठमाडौँ - अंग्रेजी र हिन्दी फिल्म हरेक शुक्रबार आउनाले नेपाली निर्माता हल नपाउने तनावमा रहन्छन् । वितरकले विदेशी फिल्मको तुलनामा नेपाली फिल्मलाई कम सो दिने गरेको गुनासो सदाकाल गर्दै आएका छन् । यसले नेपाली फिल्म सकेसम्म विदेशी फिल्मसँग जुध्न नपरोस् भन्ने कामना गर्छन् । तर वितरकले भने विदेशी फिल्म ल्याउने दायरा झन् झन् बढाउँदै लगेका छन् । नेपालमा विदेशी फिल्म ल्याउने वितरकले हलमा लाग्ने फिल्म मात्र होइन ओटीटीमा लाग्ने फिल्म पनि नेपाल ल्याउन थालेका छन् ।
भारतका ओटीटीमा रिलिज हुने फिल्म नेपाल ल्याउने शृंखला सुरु भएको थियो, सलमान खानको ‘राधे’बाट । सीमित हलमा रिलिज भएको यो फिल्म भारतको ओटीटीमा मुख्यगरी रिलिज भएको थियो । तर नेपालमा हिन्दी फिल्म वितरण गर्ने कम्पनीले यो फिल्म नेपालका केही च्यानलमा रिलिज गर्यो । विनासेन्सर यो फिल्म ओटीटीमा सार्वजनिक भएपछि थोरैतिना हल्लाखल्ला पनि भएको थियो । मिडियामा समाचार आएपछि बल्ल सञ्चार मन्त्रालयले यो फिल्मलाई सेन्सर गर्न बाध्य बनाएको थियो ।
आउँदो हप्ता यस्तै ओटीटीमा मात्र रिलिज हुन लागेको बलिउड फिल्म नेपालका हलमा पनि रिलिज हुने तरखरमा छ । अक्षयकुमार, धनुष र सारा अली खान अभीनित ‘अतरंगी रे’ आउँदो शुक्रबार डिज्ने प्लस हटस्टारमा रिलिज हुँदैछ । भारतका हलमा नलाग्ने यो फिल्म नेपालका हलमा भने उपलब्ध हुनेछ ।
एक समय भोजपुरीमा नेपाली कलाकारले खेलेका फिल्मलाई नेपालीमा डब गरेर नेपाली फिल्मझैं प्रचार प्रसार गरेर लगाइन्थ्यो । एक त भोजपुरी फिल्म , त्यसमाथि नेपाली डब, दर्शकले नपत्याएपछि वितरकले यस्ता फिल्म ल्याउन छाडे । तर महामारीपछि भारतमा ओटीटी च्याउसरी उम्रिएर फैलिएका छन् र तिनले हलकै व्यापारलाई असर गर्न थालेको टिप्पणी हुने गरेका छन् ।
यता नेपालमा भने वितरकले ओटीटीका फिल्म ल्याएर नेपाली निर्माताको चिन्ता थप बढाएका छन् । एक त ओटीटीका फिल्म वितरण गर्न धेरै पैसा पनि तिर्न नपर्ने अर्कोतिर व्यापार पनि उत्तिकै हुने । यसले भोलि नेपाली फिल्मलाई असर गर्छ नै महंगो मूल्य तिरेर ल्याइने विदेशी फिल्मलाई पनि सग्लो छाड्दैन । हलको त जे गरे पनि व्यापार हो तर वितरकले यो पक्ष नसोच्दा भोलि क्षणिक फाइदा टाउको दुखाइ नबन्ला भन्न सकिन्न ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया