मंगलबार २ सय ९० जनामा कोभिड पुष्टि

काठमाडौँ - नेपालमा मंगलबार २ सय ९० जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १२ हजार ४ सय ७३ पीसीआर परीक्षणका क्रममा २ सय ५२ जना र ४ हजार ६ सय १६ एन्टीजेन परीक्षणका क्रममा ३८ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २२ हजार २ सय २७ पुगेको छ । त्यस्तै कोभिडका कारण ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ७७ जनाको कोभिडका कारण मृत्यु भएको छ ।
त्यस्तै थप २ सय ३२ संक्रमित कोभिडमुक्त हुँदा हालसम्म नेपालमा ८ लाख ९ हजार ३ सय ८७ जना निको भएका छन् । हाल नेपालमा ५ हजार २ सय ४२ सक्रिय संक्रमित आइसोलेशन र ९५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया