कांग्रेस प्रदेश २ अधिवेशनकाे निर्वाचन तालिका सार्वजनिक

जनकपुरधाम - नेपाली कांग्रेसको प्रदेश २ अधिवेशनकाे निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन समितिले सार्वजनिक गरेकाे कार्यतालिका अनुसार मंगलबार दिउँसो १:३० बजे मतदाताको नामावली प्रकाशन गरिएको छ भने आजै दिउँसो साढे १ देखि मनोनयन पत्र दर्ताका लागि समय निर्धारण गरिएको निर्वाचन अधिकृत प्रल्हाद गौतमले जानकारी दिएका छन ।
त्यस्तै,मनोनयनपत्र माथि पर्ने दाबी विरोधको समय साढे ४ देखि ५ बजेसम्म, दाबी विरोध उपर निर्णय दिने समय साढे ५ देखि ६ बजेसम्म र वर्णानुक्रम अनुसार उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने समय साँझ ७ बजेसम्म रहेकाे छ । दर्ता भएको मनोनयन पत्र फिर्ता लिने समय साँझ ७ देखि ८ बजेसम्मका लागि तोकिएको छ भने अन्तिम नामावली प्रकाशन राति १० बजे गरिने निर्वाचन अधिकृत गौतमले जानकारी दिए ।
मतदान बुधबार बिहान ८ देखि मध्याह्न ४ बजेसम्म हुनेछ । समय बितिसकेको भए पनि मतदान केन्द्रभित्र प्रवेश गरेकोलाई मतदानबाट बञ्चित नगरिने उनले बताए ।

मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छः मुख्यमन्त्री शाह

साहित्यकार तथा कलाकारहरू माओवादी केन्द्रमा प्रवेश

वामदेव गौतम एकीकृत समाजवादीमा समाहित हुँदै, आज एकता घोषणा

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छः महामन्त्री थापा
रास्वपाको हस्ताक्षर अभियान एकसय दिन चल्ने

एमाले सचिवालय बैठक सुरू

प्रतिक्रिया