अल्का अस्पतालले भित्र्यायाे दुई आइभीएफ विज्ञ

काठमाडौँ - ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिद्धारा संचालित अल्का आइभिएफ एण्ड फर्टिलिटी सेन्टरमा २ जना विशेषज्ञहरुले सेवा सुरु गरेका छन। आइभिएफ विशेषज्ञद्धय डाक्टर स्वेता सिंह र डाक्टर नेहा हुमागाइँले अल्कामा सेवा शुरु गरेका हुन।
उनीहरु दुबै जना आइभिएफसम्बन्धि विशेषज्ञ हुन। केयुबाट एमबीबीएस र एमडी गरेकी गुमागाइँ चेन्नइबाट आइभिएफ र ल्याव्रोस्कोपीमा फेलोसिप गरेकी डाक्टर हुन। उनीसँग राजधानीका विभिन्न अस्पतालहरुसँग काम गरेको अनुभव छ। केयुबाट एमबीबीएस र एमडी गरेकी डाक्टर सिंहले दिल्लीबाट इनफर्टिलिटीमा फेलोसिप गरेकी हुन।
उनीहरु दुबैले वर्षे फेलोसिप गरेर नेपाल मेडिकल काउन्सिलमा इनफर्टि विशेषज्ञको रुपमा नाम दर्ता गराएका छन। अल्का अस्पतालले अहिले स्तरउन्नतिसँगै अल्का आइभिएफ सेवा सुरु गरेको छ। सुलभ दरमा अल्का अस्पतालले अन्र्तराष्ट्रिय स्तरको सेवा दिइरहेको छ।

फ्रान्सेली पर्वतारोही हर्जोगले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेको ७५ वर्ष पुगेको …

प्रधानमन्त्री कप भलिवल प्रतियोगितामा शिवम् सिमेन्ट ‘स्ट्रेन्थ पार्टनर’ को रूपमा सह…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल एयरलाइन्सका ट्वीनअटर विमान पुन: नियमित उडानमा

भरतपुरमा नयाँ क्रेटा इभी सार्वजनिक

सुनको मूल्य घट्यो

गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार

प्रतिक्रिया