पामे फिल्म फेस्टिभलमा ‘महानगर’को नेपाल प्रिमियर, पोखरामा ५ दिन चल्ने फेस्टिभलमा ९४ फिल्म देखाइँदै

काठमाडौँ - यही पुस १२ गतदेखि १६ गतेसम्म पोखरामा चल्ने पामे फिल्म फेस्टिभलमा मोहन राई निर्देशित ‘महानगर’को नेपाल प्रिमियर हुने भएको छ । भारतको कोलकातामा वल्र्ड प्रिमियर गरिएको फिल्म अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभलमा पनि छनौट भएको थियो ।
सार्वजनिक प्रदर्शनको पर्खाइमा रहेको फिल्म नेपालमा भने पामे फिल्म फेस्टिभलमा पहिलोपल्ट देखाइन लागेको हो । फिचर फिल्म श्रेणीमा रहेको फिल्म अप्रतिस्पर्धी विधामा रहनेछ । फिल्ममा कार्म र मेनुका प्रधानको मुख्य भूमिका रहेको छ ।
पोखराको पर्यटन एवं नेपालको रंग क्षेत्रलाई चलायमान गराउने अभिप्रायले सुरु भएको फेस्टिभलमा ‘महानगर’बाहेक घनश्याम लामिछानेको ‘अग्निदहन’ र अजितपाल सिंहको ‘फायर इन दि माउन्टेन’ पनि प्रदर्शन हुनेछन् । सन्डान्समा प्रिमियर भएको यो फिल्ममा विनम्रता राई र चन्दन बिष्ट आदि कलाकारको अभिनय रहेको छ ।
भारतीय फिल्ममेकर अजितपालको यो डेब्यु निर्देशन हो । नेपाल र भारतबाहेक फेस्टिभलमा इन्डोनेसिया र युरोपका फिल्म पनि छनौट भएका छन् । यो महोत्सवमा विश्वभरवाट आएका लामा चलचित्र, छोटा चलचित्र एवं वृत्तचित्र गरी ९४ वटा दृश्यचित्रको सहभागिता रहने आयोजकले जनाएको छ ।
यो महोत्सवमा फिल्म स्क्रिनिङका अलावा, साहित्यकारको प्रस्तुति, साँस्कृतिक प्रस्तुति थारुनाच, र्याम्प वार्क, भेषभुषा सो, गुरुङ नाच, खत्रीहरूको खुकुरी नाच लगाएत नेपाली आर्कषक मौलिक प्रस्तुतिहरू रहनेछन ।
यो महोत्सवको मुख्य कार्यक्रम पोखराको फेवातार किनारमा हुनेछ भने अन्य विभिन्न कार्यशाला, प्रस्तुतिहरु चलचित्र प्रर्दशन हलहरु , विभिन्न होटलहरु लगायत पोखराका विभिन्न महत्वपूर्ण स्थानमा हुनेछन । यो ५ दिने महोत्सवको १ लाख भन्दा बढी मानिसले प्रत्यक्ष अवलोकन एवं सहभागिता जनाउने अनुमान गरिएको छ ।
महोत्सवको समापनमा विभिन्न ६ विधामा पुरस्कार पनि वितरण गरिनेछ । आयोजकले जनाएअनुसार महोत्सवमा फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री, स्टुडेन्ट, फिल्म क्रिटिक, अडियन्स च्वाइस अवार्ड विधामा उत्कृष्ट फिल्मलाई पुरस्कृत गरिनेछ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया