निर्वाचन निष्पक्ष र पारदर्शी हुनुपर्छ: मुख्यमन्त्री पोखरेल

कास्की - गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउन निर्वाचन आयोगको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नीति अनुसन्धान प्रतिष्ठानको आयोजना निर्वाचन आयोगको संयोजक एवं नेपाल ल क्याम्पसको सहकार्यमा पोखरामा आज आयोजित ‘निर्वाचन प्रणाली सुधार’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउनसके लोकतन्त्र बलियो बन्ने बताएका हुन् ।
निर्वाचन प्रणाली खर्चिलो बन्दै गएको जनाउँदै उनले आम सर्वसाधारण निर्वाचनमा उमेदवार बन्नसक्ने किसिमको कम खर्चिलो बनाउनु अपरिहार्य भएको उल्लेख गरे ।
आयोगको प्रभावकारिताका लागि साधन स्रोत सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री पोखरेलले विद्यमान निर्वाचन प्रणालीलाई सुस्त, दुरुस्त र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए ।
प्रदेशका विनाविभागीय मन्त्री डोबाटे विश्वकर्माले समावेशी, समानुपातिक प्रतिनिधित्वले समाजको विपन्न तथा पिछडिएको वर्गले स्थान पाएको बताए । उनले भने, “विद्यामान निर्वाचन प्रणालीलाई समयसापेक्ष सुधार गर्न आवश्यक छ ।”
नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा विष्णुराज उप्रेतीले विद्यमान निर्वाचन प्रणाली सम्बन्धमा देखिएका समस्याबारे सुझाव संकलन गरी प्रतिष्ठानले सम्बन्धित निकायमा सिफारिस गर्ने बताए ।
पूर्वनिर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचन प्रणालीलाई खर्चिलो बनाउनबाट रोक्नुपर्नेमा जोड दिँदै यसका लागि दल तथा आयोग दुवै जिम्मेवार हुनुपर्ने धारणा राखे । रासस
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

९ किलोमिटर सडक कालोपत्र

प्रतिक्रिया